ऋण र सञ्चार कार्यविधि पारित - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

ऋण र सञ्चार कार्यविधि पारित

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको वैठकले थप २ वटा कार्यविधि पारित गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न वैठकले ‘कृषि ऋण लगानी कार्यविधि’ र ‘सूचना तथा सञ्चार कार्यविधि’ पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । वडा कार्यालयको सिफारिसमा ऋण लिने पक्षको छनौट गरी कार्यपालिकाको निर्णयपछि न्यून व्याजमा ऋण प्रदान हुने कार्यविधिले व्यवस्था गरेको छ । नगरपालिका कार्यालयले पहिलो पटक यस वर्ष कृषि ऋण प्रदान गर्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनको नीति अनुरुप जनहितमा जारी सूचना वापतको आर्थिक व्यवस्थापन, पुरस्कार, सम्मान, लेखनवृत्ती, तालिम सहितको व्यवस्था गरिएको कार्यविधि पारित भएको छ । स्थानीय सञ्चार प्रवद्र्धनमा चालु वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
दैनिकजसो कार्यविधि पारित गर्ने क्रममा हिजो अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि र एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत पारित भएको थियो ।

सम्बन्धित खवर