फाइल फोटो
उर्लाबारी । धिमाल विद्यार्थी छात्रावृत्ती अक्षय कोष अभियानले यस वर्ष पनि दुई जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ ।
छात्रवृद्धि प्रदान गर्ने संस्था अक्षयकोष अभियानले सुचना जारी गरेर आवेदन माग गरेको छ । छात्रवृत्तीका लागी एसईई पास गरि उच्च शिक्षा अध्ययनरत हुनु पर्नेछ । निवेदन, सामान्य व्यक्तिगत विवरण सहित शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरि आवेदन बुझाउनु पर्नेछ । प्राप्त आवेदनबाट दुई जना छनोट गरि छात्रवृत्ती प्रदान गरिने अक्षयकोष अभियानका संयोजक केदार धिमालले जानकारी दिए । गरिब तथा जेहेन्दार विद्यार्थीले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्था धिमाल समुदायमा रहेका कारण उनिहरुलाई लक्षीत गरि अक्षयकोष अभियान सन्चालन गरिएको अभियानका सदस्य मातृका धिमालले जानकारी दिनुभयो । आवेदन २०७५ माघ १३ गते सम्ममा बुझाई सक्नु पर्नेछ । अघिल्लो वर्ष विर्तामोड निवासी कन्काई कलेज एमबीएस प्रथम वर्षमा अध्ययनरत प्रमिशा धिमाल र बेलबारी निवासी भगवती उच्च माध्यमिक बिद्यालय १२ कक्षामा अध्ययनरत अलिशा धिमाललाई छात्रवृत्ती प्रदान गरिएको थियो ।