साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको वैठकले २ वटा कार्यविधि पारित गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न वैठकले अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि र एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत् पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर)मार्फत् शरणार्थी प्रभावित क्षेत्रमा पर्ने नगरमा २ वटा एम्वुलेन्स उपलव्ध गराएको थियो ।
वैठकमा ‘डोजर सञ्चालन कार्यविधि’ माथि छलफल भएपनि पारित हुन भनें वाँकी रहेको छ । नगरले ३९ लाख रुपैयाँमा डोजर खरिद गरेको छ । अव दैनिक विहानको समयमा वैठक राखेर वाँकी रहेका सूचना तथा सञ्चार, भाषा कला र संस्कृति, फोहोरमैला व्यवस्थापन सहितका केही कार्यविधि पारित गर्ने योजना रहेको छ ।