साइनो समचारदाता
पान्थर । इक्साहाङ इक्मिसो पेखेइङ् बेघा थोवोजुम केन्द्रीय समितिको अगुवाईमा सामुदायिक भवन बन्ने भएको छ । माघ २७ गते याङ्वरक गाउँपालिका–२, फलैचा पान्थरमा निर्माण हुने भवनको सिलन्यास गरिदैछ ।
ऐतिहासिक स्थल वखम्बेमा पर्यटन सूचना केन्द्र, साँस्कृतिक संग्राहलय बनाउने उद्देश्यले सामुदायिक भवन निर्माण गर्न लागेको हो । भवनका लागि झापा बिर्तामोड निवासी ददीराम बेघा तथा उनको श्रीमती धर्मलक्ष्मी ताम्लिङ बेघाले १ रोपनी जग्गा (छ लाख) मा खरिद गरी हस्तान्तरण गरिसकेको छ ।
भवनको लागि पान्थरका याङ्वरकका मचिन्द्रप्रसाद बेघाले १ लाख ५५ हजार ५५०, पान्थरका देउमाया बेघाले १ लाख ११ हजार १११, पान्थर याङ्वरका शान्तप्रसाद बेघाले १ लाख ११ हजार १११, धरान सुनसरीका मोतिबहादुर बेघाले १ लाख ११ हजार १११, धरान सुनसरीका प्रकाश बेघाले ५५ हजार ५५५, काठमाडौंका प्रेमबहादुर बेघाले ५५ हजार ५५५, पान्थरका विश्वेश्वर बेघाले ५५ हजार ५५५, दमक झापाका भीमराज बेघाले ५१ हजार ५५५, पान्थरका मंगलबहादुर बेघाले ५० हजार १५५, पान्थरका लालबहादर (एलबी) बेघाले ५० हजार ५, चारआली झापाका वीरबहादुर (विरु) बेघाले ५० हजार ५, धरान सुनसरीका हर्कजङ बेघाले ५० हजार ५ रुपैया सहयोग प्राप्त गरको थोबोजुमले जनाएको छ । धुसेनी इलामका नेत्र बेघाले ५० हजार ५, याङ्वरक पान्थरका चन्द्रसिङ बेघाले ५० हजार ५, याङवरक २, पान्थरका दिलबहादुर बेघाले ५० हजार ५, धरान सुनसरीका जितबहादुर (चोक्मारे) बेघाले ५० हजार, याङवरक २, पाँन्थरका कृष्णबहादुर बेघाले २५ हजारलगायत गरी कुल १२ लाख १ हजार ६४८ रुपैया संकलन भएको थोबोजुमका सचिव वीरु बेघाले जनाएका छन् ।
भवनको तयारीको लागि पुस २१ गते थोबोजुमको सम्र्पक कार्यालय फिदिममा बैठक समेत बेसको थियो ।