नेवि संघ मोरङको सभापतिमा जैसवालको उम्मेद्वारी - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

नेवि संघ मोरङको सभापतिमा जैसवालको उम्मेद्वारी


साइनो समचारदाता
उर्लाबारी । नेपाल विद्यार्थी संघ (नेवि संघ) को १२ औ जिल्ला अधिवेशन मा जिल्लाको नेतृत्वमा सुजित जैसवालले उम्मेद्वारी घोषणा गरेका छन् । नेवि संघको जिल्ला अधिबेशन आगामी माघ २० गते भित्रमा हुने भएको छ ।
उनी नेवि संघका जिल्ला सदस्य तथा उर्लावारी बहुमुखी क्याम्पसका इकाइ सभापति सुजित जैसवाल हुन् ।
नेवि संघ मोरङ जिल्ला समितिको १२ औ अधिवेशनमा प्रदेशको अस्थायी राजधानी विराटनगर बाहिर रहेर पनि संघसंगठनलाई व्यापक र सुदृढ बनाउन, गुट उपगुट भन्दा माथि उठेर संघलाई साझा विद्यार्थीहरुको फूलवारी बनाउनु पर्ने आवश्यत्तालाई मध्यनजर गर्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेको जैसवालले बताए ।
उर्लावारीको अरोमा होटलमा भएको सोमवारको पत्रकार सम्मेलनको जारी प्रेस बिज्ञप्तीमा गर्दै नेतृत्व क्षमता विकाश, शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिने, ओपन युनिभरसिटि, सेमिस्टर र ग्रडिङ जस्ता प्रणाली, गरिब तथा जेहेनदार बिद्यार्थीको जीवन विमा, छात्रवृत्तिमा हुने खानेहरुकै पहँुचको अन्त्यलगाएतका मुद्दा, सामुदायिक क्याम्पसमा निश्चित प्रतिशत निःशुल्क शिक्षाहरु सम्बोधन लगायतका विद्यार्थी हक हितका कुराहरुमा आफ्नो उम्मेरद्वारी रहेको कुरा उल्लेख गरिएको छ ।
बिभिन्न युवा क्लब, सामाजिक संस्था युथ रेडक्रस सर्कल, नेबि संघको क्याम्पस समितिलगायतका बिभिन्न संस्थाहरुमा गरेको नेतृत्वले संघको जिल्ला नेतृत्व हाँक्न सक्ने क्षमता आफूमा रहेको उनले बताए । पत्रकार सम्मेलनमा उर्लाबारी बहुमुखी क्याम्पस नेबि संघका पदाधिकारीहरु, नेबि संघ मोरङ क्षेत्र नं. २ का सचिव महेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर