पत्रकारमाथि दुव्र्यवहार - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पत्रकारमाथि दुव्र्यवहार

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् मकालु टेलिभिजनका संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुव्र्यवहार गरेका छन् ।
पत्रकार तिम्सिनामाथि भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ मोरङ, सञ्चार क्लव नेपाल उर्लावारी र नेपाल पत्रकार मञ्च मोरङले अलग विहिबार अलग विज्ञप्ति जारी गरेको छ । महासंघका अध्यक्ष वन्धु पोखरेल, सञ्चार क्लबका अध्यक्ष सरोज वस्नेत र पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले विज्ञप्ति जारी गरेका छन् । ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेको तर्फबाट विहिबार दिउँसो पथरीशनिश्चरे नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको अनर्गल आरोप लगाउँदै तथानाम गालिगलौच गरेका थिए । तिम्सिनाले सुरेन्द्र चापागाईं र रमेश राईसँग समितिको कागजात माग्दा ‘हाम्रो समाचार नलेख्ने मान्छेलाई किन दिनु’ भन्दै गाली गरेका थिए । भट्टराईले यसअघि अन्य ठाउँमा पनि मानमर्दनका कुरा गर्दै आएको तिम्सिनाले जनाए । आफुलाई सामाजिक अगुवा वताउने निज भट्टराईले समितिका सदस्य तथा नगरपालिका जनप्रतिनिधिसामु सार्वजनिक रुपमा चरित्र हत्या गर्नु स्वतन्त्र र व्यवसायिक पत्रकारितामाथिको आक्रमण भएको पत्रकारजन्य संघ संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एकजना पत्रकारमाथि भएको दुव्र्यवहार समग्र पत्रकारमाथिकै दुव्र्यहार भएको जनाइएको छ ।
विज्ञप्तिमा, कुनै पनि प्रसंग विनाको सन्दर्भमा कुरा जोड्दै गालीगलौच गर्नु निन्दनीय र आपत्तीजनक कार्य भएकोमा घोर भत्र्सना गर्दै भट्टराईमाथि कारवाहीको माग गरिएको छ ।

सम्बन्धित खवर