साइनो समचारदाता
पान्थर । राष्ट्रिय लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउन माग गर्दै बिभिन्न लिम्बू आदिवासीजन्य संस्थाहरुले मंगलबार याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन ।
किरात याक्थुङ चुम्लुङ, लिम्वुवान प्रदेश समिति, पान्थर जिल्ला, लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समिति, लिम्बुवान स्टडी सेन्टर सुम्हा?लुङ च्याप्टर फेदेन, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल, लिम्बू भाषा विकास संस्था लिल्डा पान्थर, याक्थुङ युवा मञ्च पान्थर, लिम्बू बिद्यार्थी मञ्च पान्थर, याक्थुङ मुन्चइत चोक सयङ पान्थर, लिम्बू पत्रकार संघ पान्थर, किरात धर्म तथा साहित्य उत्थान संघ, याक्थुङ भाषा निर्माण समिती पान्थर, केलाःङ साँस्कृतिक समाज पान्थर, किरात धर्म संरक्षण समिति लगायतका संस्थाहरुको संयुक्त हस्ताक्षरित ज्ञापनपत्रलाइ ग्रहण गर्दै अध्यक्ष घिमिरेले कार्यान्वयन गर्न गराउन पहल गर्ने प्रतिबद्धता गरेको चुम्लुङका जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङले जनाए ।