पथरीमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पथरीमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

साइनो समचारदाता
मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ मोरङमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
पथरीमा स्थापित फ्रेण्डसीप चेसको आयोजनामा माघ पहिलो साता ‘सहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५’ हुने क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रतियोगितामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय खेलाडीहरु सहभागी हुने क्लवका अध्यक्ष अमिर राईले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ लगायत हुने खेलाडीहरुलाई क्रमशः ५०, ४०, ३०, २०, १५ हजार नगद, ट्रफी, प्रमाण पत्र प्रदान गरिने सचिव लोकसागर साम्बाले बताए । विभिन्न समूहमा वर्गिकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद तीन लाख ४० हजार तथा अन्य खर्च गरी सात लाख ५० हजार लागतमा प्रतियोगिता समापनहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन । खेल स्वीस लिगको आधारमा आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाल लगायतका खेलाडीहरु समेत प्रतियोगिता भिड्न आउने क्लवका अध्यक्ष अमिर राईले बताए ।
‘सिर्जनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने मूल नाराको साथ हुने प्रतियोगितामा पथरीमा स्थापित एभरेष्ट आवासीय माविका सञ्चालक रविन कन्दङ्वाले प्रथम पुरस्कार प्रायोजन गरेका छन । स्कुल सञ्चालक कन्दङ्वाले आफ्नो बुवा चन्द्रमान कन्दङ्वा (सी.एम.)को सम्झना स्वरुप नगद राशी प्रायोजन गर्नुभएको क्लवका अध्यक्ष अमिर राईले बताए ।
प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिका, छिमेकी नगर तथा गाउँपालिका, नीजि विद्यालयहरु, विभिन्न उद्योगी व्यवसाही, समाजसेवीलगायतबाट रकम संकलन गरेर खर्च जुटाउने योजना रहको जानकारी गराएका छन् ।

सम्बन्धित खवर