
साइनो समचारदाता
पथरी । नेपालीको महान् पर्व २६०३ औं तमू ल्होसार पर्व धुमधाम मनाइदै छ । पुस १५ गते (आइतबार) मनाइने भए पनि केहि दिन अघिदेखिनै मनाइने गरिन्छ । कुकुर बर्गलाई विदाई तथा मृग वर्गलाई स्वागत गदै तमू ल्होसारको दिन देशैभर वा विदेशमा पनि हर्षोउल्लासको साथ मनाउने चलन बढ्दो छ । तमू बैध गुम्बा सञ्चालक समिति आमा समूह, तमू ह्युला छोजधीले मोरङ पथरीशनिश्चरेमा ल्होसार मनाइरहेको छ । म्युजिकल चेयर, छेलो, डोरी तान्ने, चम्चा दौड, हाडी फुटाउने, रुमाल लुकाउनेलगायत कार्यक्रम गरी मनाउदैछ । कार्यक्रम भोलि सम्पन्न हुदैछ ।

पथरीमा आयोजित ल्होसारमा आयोजित कार्यक्रमका सहभागी । तस्वीरु हेम गुरुङ
नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमू ल्होसार २०७५ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै उनले नयाँ बर्षको रुपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको बताएका छन् । ‘मृग वर्गका रुपमा सुरु भएको नयाँ बर्षले प्रदेशको विकास र समृद्धिको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’ मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ ।
नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) का अध्यक्ष जगत बराम प्रेस विज्ञप्ती जारी गर्दै लेख्छन्, ‘नेपालका ३५.३ प्रतिशतभन्दा बढी आदिवासी जनजातिहरूको पहिचान र अधिकारहरूसँग सम्बन्धित मूलभूत मुद्धाहरू नेपालको संविधानले सुनिश्चित नगरेकाले संविधान जारी भएदेखि नै संविधानप्रति असन्तुष्टि जनाउँदै आदिवासी जनजातिहरू कुनै न कुनै रुपले आन्दोदलनरत भइरहेको अवगत नै छ । तसर्थ, आदिवासीको पहिचान र अधिकार सुनिश्चिताका लागि संविधान संशोधन गरिनुपर्ने एक मात्र विकल्प रहेको आदिवासी आन्दोलनको ठहर हो । दोश्रो संविधानसभाबाट सम्वत २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य सरकारले सुनियोजित रुपमा क्रमशः खोस्दै गइरहेको छ । संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचनपश्चात तथाकथित विकास, समृद्धि र राष्ट्रिय एकताको नाममा राष्ट्रिय चाडको रुपमा स्थापित भएका र आदिवासीको पहिचानसँग जोडिएका राष्ट्रिय चाडहरू माघी, माघे सङ्क्रान्ति, उधौली, उभौली, तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतको नाममा दिइएको राष्ट्रिय बिदाको खारेजी लगायत पछिल्लो समयमा राज्य चरम एकल जातिवादी रुपले अघि बढिरहेको प्रष्ट छ ।
नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनहरूमा नेपालका आदिवासी जनजातिहरूको अतुलनीय त्याग, योगदान, बलिदान र शहादत्त रहेको तथ्य स्मरण गर्दै गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना हुँदासम्म पनि आदिवासी समुदायमाथि कुनै न कुनै रुपले विभेद थोर्पदै जानु र मानवअधिकारको हनन् हुनुको विरुद्ध संघर्ष गर्नुको बिकल्प देखिँदैन । तसर्थ, आदिवासीको पहिचान, सम्मान र स्वाभिमानमाथि राज्यसरकारले पछिल्लो समय गरिरहेको प्रहारको विरुद्ध र एकल जातिवादी राज्य सरकारको पछिल्लो कदमको नेपाल आदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गर्दछ । ०६२÷६३ को जनताको आन्दोलन पश्चात नेपाली आदिवासी जनजातिहरुले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरु यस सरकारले खारेजी गरेको प्रति खेद प्रकट गर्दै उक्त राष्ट्रिय पर्व यथावत कायम राख्न नेपाल सरकारलाई पुनः जोडदार माग गर्दछ ।
नेपालका भूमिपुत्र आदिवासी ‘गुरुङ समुदायको आज महान राष्ट्रिय पर्व “तमू ल्होसारको अवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक शुभ कामना व्यक्त गर्दछु । यस्ता राष्ट्रिय पर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको छ । तमू ल्होसारले नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन महात्वपूर्ण भूमिका खेलेको छ । साथै मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको छ, ‘तमू ल्होसारजस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक, साँस्कृतिक, भाषिक, धार्मिक, र सामाजिक रुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने छ ।’
ल्होसारको उपलक्ष्यमा उपराष्टपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले शुभकामना सन्देश प्रवाह गरेका छन् ।
गण्डकीमा विदा
यसैबीच आइतवार गुरुङ समुदायको बाहुल्य रहेको प्रदेश गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो ।
गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । गुरुङ समुदायले विदा दिन सरकारलाई दबाब दिँदैआएका थिए ।
तमू ल्होसार के हो ?
के हो तमू ल्होसार हाम्रो पात्रो लेख्छ,
छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे ।
हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन! आज तमु ल्होसार हो ।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ, तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार ।
किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! ूहे! तमु मै तमु ल्होसार खै मु … रमाइलो तमु ल्होसार !ू
स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको वर्ष ( खि ल्हो )को वर्ष थियो भने यस वर्ष मृगको वर्ष (फो–ल्हो) रहनेछ । यस वर्ष भने मृगको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ । विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्तिरधूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिस्चीयन अनि हिन्दूहरु रहेको तथ्याङ्क छ । संस्कार, सभ्यता अनि हिन्दू र वौद्ध संस्कारको अनुपम समिश्रण यो समुदायमा पाईन्छ ।
विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।
मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षाेल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ुल्होु अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ुल्होु को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।
तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो–हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।
प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ नि ।
काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षाेल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।
ूपे म्ह्स्या,छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमुू शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ ।
आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ ।