साइनो समचारदाता
पथरी । धिमाल विद्यार्थी मञ्च, पथरीशनिश्चरे नगर समिति, मोरङ गठन भएको छ ।
शुक्रबार मोरङको पथरीमा भएको भेलाले सो समिति गठन भएको हो । भेलाले वर्षा धिमालको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मनिका धिमाल, सचिव जीवन धिमाल, सह सचिव विनिता धिमाल र कोषाध्यक्ष वर्षा धिमाल छन् । त्यस्तै सदस्यहरुमा रन्जु धिमाल, मनिस धिमाल, सविना धिमाल, सोनिया धिमाल, दिला धिमाल छन् । त्यस्तै सल्लाहकारहरुमा पदम धिमाल, तिलक धिमाल र भिम धिमाल रहेका छन् । मञ्चका केन्द्रीय महासचिव सुनिल धिमालको उपस्थितिमा भएको कार्यक्रममा पदम धिमाल, तिलक धिमाल, भिम धिमाल लगायतको उपस्थिति रहेको थियो ।