खगेन्द्र संग्रौलाको विवादास्पद भाषण ः संविधान नश्लवादी र अपराधिक दस्तावेज ! पहाडी मर्दा मात्रै समाचार लेख्छन् मिडिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

खगेन्द्र संग्रौलाको विवादास्पद भाषण ः संविधान नश्लवादी र अपराधिक दस्तावेज ! पहाडी मर्दा मात्रै समाचार लेख्छन् मिडिया

काठमाडौं । लेखक तथा स्तम्भकार खगेन्द्र संग्रौलाले नेपालको संविधानको कटु आलोचना गर्दै यसलाई ‘नश्लवादी’ र ‘आपराधिक’ संज्ञा दिएका छन् । उनले अहिलेको संविधान खस आर्यहरुले बनाएको र देशको आधा जनसख्या सविधानमा असन्तुष्ट भएकोसमेत दावी गरे ।

पोखरामा आयोजित साहित्य सम्मेलनका क्रममा संग्रौलाले ‘म यसकारण राष्ट्रवादी होइन’ शिर्षकमा करिब आधा घन्टा बोलेका थिए । त्यस क्रममा उनले राष्ट्रवादको चिन्तनमाथि प्रहार गरे । नेपालका मिडियाहरु पनि नश्लवादी भएको दावी गरे । पृथ्वीनारायण शाहले गरेको राष्ट्र एकीकरणमा समेत खिसिट्यूरी गरे । संग्रौलाको विवादास्पद भाषणको सम्पादित अंश ः

राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई । अनि केपी ओलीले भारतीय विस्तारवाद र मधेसीलाई सत्रु बनाए ।

नष्लमा आधारित राष्ट्रवादले वर्ण, भाषा, धर्म, भूगोलका आधारमा कसैलाई श्रेष्ठ मान्छ कसैलाई तुच्छ । नेपालमा ओलीको राष्ट्रवादले खस आर्य, पहाडवासी, हिन्दू धर्म मान्नेलाई श्रेष्ठ मान्छ । मधेसी थारु र महिलालाई तुच्छ मान्छ । यो राष्ट्रवादले अखन्ड नेपालको कुरा गर्छ । तर, सारमा बिखन्डनकारी छ । यसले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ ।

संविधान निर्माण प्रक्रियाको चर्चा गरौं । संविधान कसरी बन्यो ? एउटा जात वा नश्लले अर्काे समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाउँदै संविधान बनाएको होइन ? अन्तरिम संविधानको विधी–प्रक्रिया उल्लंघन गरेर फास्ट ट्रयाक भन्दै ज्यादतिको बीचमा संविधान बनाइएको होइन ? टिकापुर घटना घट्यो । टिकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले अखण्डको नारा लगायो । त्यो पृष्ठभूमिमा टिकापुरमा हिंसा भयो र केही प्रहरी अफिसर, एक बालक मारिए । उनीहरु सबै पहाडी थिए । त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोर्पयो । पसल लुटिए । घरमा आगो लगाइयो । महिलाहरुमाथि दमन भयो ।

पहाडी मारिँदा मिडियामा कोलाहल मच्चियो किनकी तिनीहरु श्रेष्ठ थिए । हाम्रो सम्पूर्ण मिडियाको निम्ति ठूलो समाचार बन्यो । तर, थारुहरुमाथि थोपरिएको हिंसाको कहिँ पनि चर्चा भएन । किनकी उनीहरु खस आर्य थिएनन्, नेपाली भाषी थिएनन् ।

मधेसको कुरा गरौं । संविधान निर्माण भइरहेका बेलामा मधेसका केही असहमति थिए । अन्तरिम संविधानका स्थापित मानक पूरा गर्नुपर्ने आग्रह थियो । तर,गरियो के भने एउटा नश्लले, एउटा समुदायले संविधान निर्माण र्गयो । मधेसलाई बाहिर राखियो । संविधान निर्माण प्रक्रियामै संलग्न गराइएन । मधेसी नागरिक मारिए । झण्डै ६० जना मधेसीको लाशमा टेकेर रक्तरञ्जित संविधान निर्माण गरियो । झण्डै देशको आधा जनसंख्यामाथि जघन्य हिंसा थोपरेर संवपवधान बनाइयो । यो विसुद्ध नश्लवादी छ ।

राष्ट्रवाद अतितमुखी हुन्छ । यसले भविष्यको कुरा गर्दै । यसमा अतितका मूल्यहरुको गौरवगान गरिन्छ । पृथ्वीनारायणले केही भूगोलका टुक्रा जोडेपछि ‘असली हिन्दूस्ताना’ को नारा अलापियो । हिन्दूत्वलाई राज्यको धर्म र पहिचान बनाइयो । ‘हाम्रा साना दुखले आज्र्याको मुलुक होइन’ भनेर पृथ्वीनारायणले भने । तर राज्य कसले बनायो ? क पृथ्वीनारायणले गोर्खादेखि जंगल फाँड्दै आवादी गरेका हुन् ? हाम्रा बाँकी पुर्खा जुम्रा मारिरहेका थिए ? मदिरा पान गरेर लठ्ठीएका थिए ? वा कुम्भकर्णजस्तो ६ महिने निद्रामा थिए ?

मधेस आवाद गरेको पहाडीले हो ? होइन मधेसीले हो । आदिवासी भन्न लायकको थारु समुदाय नै हो । नेपालको ईतिहास, सभ्यता, संस्कृतिको निर्माणमा तीनको पनि योगदान छ । तर, यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, धर्मलाई श्रेष्ठ मानियो, बाँकीलाई डाँडा कटाइयो ।

राष्ट्रवादले भन्छ, ‘साम्राज्य दुई हारे हारेन सान हाम्रो’ । कुन–कुन साम्राज्य कसरी हारे ? तपाईंको सान कसरी हारेन ? काल्पनिक श्रेष्ठता स्थापित गर्न केही यस्ता चिज बनाइए । केही मिथक बनाइए ।

फेरि संविधानकै कुरा । जुनबेला संविधान निर्माण भइरहेको थियो, मधेस आन्दोलन र टिकापुर घटना भइरहेको थियो, बिडम्बना सिंगो मिडिया सत्तामा विलय भएका थिए । मिडिया नै भयानक राष्ट्रवादी भएको थियो । राष्ट्रवादी नायकहरुको रचना आधारभूतरुपमा मिडियोले गरेको हो । टनकपुरमा पहाडी मारिए, तीनको श्रेष्ठताको गाथा गाइयो । थारुहरुमाथिको दमनको चर्चा भएन । मधेसमा त्यति धेरै मानिसहरु मारिँदा मिडियाले आपत्ति गरेनन् । मानौं संविधान निर्माण प्रक्रियामा मधेसी मारिनु गौरवको, पौरखको विषय हो ।

सनातनी दृष्टिकोणबाट यो देश खस आर्यले बनाएका हुन् । लामो समयदेखि सत्तामा खस आर्य थिए । अख्तियारमा, साधन–स्रोतमा, परम्परागत शक्तिमा, राज्यका यावत उपकरणमा तीनको एकलौटि वर्चश्व थियो । अहिलेसम्म मधेसमाथि विदेशी जस्तो व्यवहार गरिन्छ । मेरो बाल्यकालमा महेन्द्रीय शासनको जगजगी थियो । त्यही शासनमा पढेँ । पढाएँ । कम्युनिष्ट आन्दोलनले पनि त्यही कुरा सिकाएका थिए । हामी वीर पृथ्वीनारायणका सन्तान भनेर । मधेसी कायर हुन् भनेर ।

६० जना मानिस मारिँदा मिडियाले मान्छे मरेको कल्पना गरेन । कोही विदेशको दलाल मरो भन्ने भयो । मधेसको भूमि बिदेशीलाई बुझाउने पात्र मरो भन्ने भयो । त्यो अपराधको बीचमा संविधान बनाइयो । एक किसिमले यो संविधान एउटा अपराधिक दस्तावेज हो । राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो ।

राष्ट्रवादले विभेद गर्छ । कसैले कसैमाथि विभेद, घृणा नगरिकन राष्टवाद बन्दैन । यसमा अखन्ड नेपालको कुरा गरिन्छ । यसका निम्ति थारुमाथि हिंसा थोपरियो । मधेसीमाथि हिंसा थोपरियो । परिणाम यो चिन्तनले यो संविधानले नेपाललाई खन्डित र्गयो । संविधानले विखण्डनतिर लगिरहेको छ ।

शीतलनिवासमा अहिले कम्युनिष्ट पार्टीको सदस्यले राज गर्नुभएको छ । राजतन्त्रका राजाभन्दा राष्ट्रपति केही फरक छैन । धर्मनिरपेक्ष देशमा राष्ट्रपति हिन्दू चाडपर्वमा मन्दिरको दर्शन गर्दै हिँड्छिन् । के यही हो धर्मनिरपेक्षता ? मेरा नेता पुष्पकमल दाहाल थिए । निर्वाचनमा उनलाई जिताउन सडकमा हिँडेको थिएँ । तर, तीनै पुष्पकल ओलीमा विलय भए ।

राष्टवाद गणतन्त्रविरोधी, नश्लवादी, समाजवादविरोधी, असमावेशी छ । त्यसैले माफ गर्नुहोला म चाहिँ राष्ट्रवादी होइन । अनलाइनखबर

सम्बन्धित खवर