
साइनो समचारदाता
दुधे । झापाको शिवसताक्षीको दुधेमा यले तङबे ५०७८ सालको चासोक तङनामको अवसरमा भएको केःलाङ(च्याब्रुङ नाच) प्रतियोगितामा थोक्फेक्ला केःलाङ विर्तामोड प्रथम भएको छ ।

किरात याक्थुंङ चुम्लुङ र याक्थुङ नालिफुङवा चुम्बो शिवसताक्षीले कार्यक्रमको आयोजनामा गरेको थियो । प्रतियोगिताको दोस्रो फाल्गुनन्द केःलाङ समूह पथरीशनिश्चरे मोरङ र तेस्रो फक्ताङ्लुङ केःलाङ समूह मेचिनगर झापा भएको थियो । झापा, मोरङ र इलामका १० केःलाङ समूह प्रतियोगितामा सहभागिता जनाएका थिए ।
बृहत सांस्कृतिक एबम संगीतिक कार्यक्रम समेत भएको कार्यक्रममा गायिका मनु नेम्बाङ, गायक ताराप्रकाश लिम्बु, गायक राज लाबुङ, बाल प्रतिभा माङ्गेना कुरुम्बाङलगायतको आकर्षक प्रस्तुति रहेको थियो ।

चासोक तङ्नाममा सहभागी दर्शक ।