साइनो समचारदाता
पथरी । मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीहरु भेला पारेर सोमबार लागू औषध दुव्र्यसन सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
पथरीको प्रस्वावित रंगशालामा विभिन्न विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा प्रथागत रुपमा आएका मान्यता तथा लागू औषधको दुव्र्यसनले युवा पुस्तामा असर पारेको उल्लेख गर्दै जनचेतनामूलक नाटक समेत प्रदर्शन भएको छ । आरम्भ डवली रतुवामाईको प्रस्तुति रहेको नाटक ‘अँध्यारो सुरुङभित्र’ले युवा पुस्ता दुव्र्यसनमा फसेर वर्वाद भएको कुरा देखाइएको छ । बाबुआमाको व्यस्त जीवनले माया र हेरचाह प्रदान गर्न नसक्दा छोराछोरी दुव्र्यसन हुने गरेको नाटकमा देखाईको छ । अर्कोतर्फ, माग्दा पैसा दिने तर त्यससको सदुपयोग कसरी भइरहेको छ भन्ने कुरा ख्याल नगर्दा पनि छोराछोरी दुव्र्यसनमा फस्ने गरेको कथा प्रस्तुत भयो ।
कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालयमा प्रमुख मनोजकुमार केसी र पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कुलतबाट टाढै राखेर देश निर्माणको योजनामा लाउनुपर्नेमा जोड दिए ।