प्रदेश नं. १ का मुख्य मन्त्री सेरधन राईले नेपाल अब नया युगमा प्रबेश गरेको बताउनु भएको छ । उहाँले शान्ती, स्थिरता, सुसासन, बिकास र समृद्धीको दिशामा अघि बढेको बताउनु भयो ।

मुख्य मन्त्री राईले सुखी नेपाल समृद्ध नेपालको दिशामा अघि बढ्न संघ प्रदेश र स्थानीय तह हातमा हात र काधमा काध मिलाएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । १ नं. प्रदेश हिमाल पाहाड तराई, बहुभाषीक, धार्मीक र सस्कृती बसोबास भएको एक मात्र प्रदेश भएकाले नेपालीको पहिचान १ नं. प्रदेशले झल्काएको बताउनु भयो ।

मोरङको पथरी शनिश्चरेमा भएको किराँत समुदायको महान्पर्व उधौली चासोक तङनाम २०७५ को उपलक्ष्यमा संबोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना ब्याक्त गर्नुभएको छ ।

कार्यक्रममा क्षेत्र नं. ३ का सभासद सुर्यमाराज राई, पदेश सभासद कृषकुमारीराई पुर्व संसद चन्डी प्रसाद राई, नगर प्रमुख दिलिपकुमार राईले उधौली चासोक तङनामको शुभकामना ब्याक्त गर्नु भएको थियो ।
सिरिजंघा स्मृती धार्मीक वनको आयोजनामा भएको उधौली चासोक तङनाम २०७५ बिबिध कार्यक्रमका साथ आज समापन भएको छ । समापन कार्यक्रममा बिभिन्न खेलका विजयी खेलाडिलाई पुरस्कृत गरिएको थियो ।








<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/zDkhO7gghJA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>