साइनो समचारदाता
विराटनग । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रेस जगतले मर्यादित भएर कलम चलाउनुु पर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा उनले संघीयता हाम्रो लागि नयाँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केहि अलमलीनुु सामान्य कुुरा हो त्यसलाई स्वभाविक रुपमा लिनुुपर्ने वताए । मुख्यमन्त्री राईले विभिन्न वहानमा संघीयतामाथि आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो प्रयास सफल नहुुने समेत वताए । सम्मेलनलाई सम्बोधन गर्दै एक नम्वर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले नेपाली समाज नकारात्मक भावनाबाट प्रेरित रहेकोले त्यस्ता प्रबृतीलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष भुमिका र योगदान गर्ने विस्वास ब्यक्त गरे । मुख्यमन्त्री राईले आफु पूर्ण प्रेस मैत्री बन्ने प्रयास गरेको बताउँदै प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेट बक्तब्य जारी गर्दादेखिनै प्रेस मैत्री भएर काम गरेको स्पष्ट पारे ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुन्छ कि भन्ने चिन्ता नदिन आग्रह गरे । उनले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दाबी गर्दै नराम्रा काम प्रमाण सहित आलोचना गर्न सुझाए । मन्त्री कार्कीले प्रेस स्वतन्त्रताको वारेमा संचारकर्मीको पनि एउटै धारणा हुुनुुपर्नेमा जोड दिए ।
‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा विहिबारदेखि शुुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पद्धाधिकारी, महासंघ प्रदेश तथा जिल्ला सभापति गरी दुुई सय भन्दा वढीको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश न १ को सहयोगमा सम्मेलन आयोजना भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पुूर्व अध्यक्ष शिव गाउँले, प्रेस युूनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत, न्युुनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुुली, प्रदेश १ का सांसद जयराम यादव, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताका लागि सुुद्धिकरण तथा सुुद्धिढिकरण आवश्यक रहेकोमा जोड दिए ।
सम्मेलनको वन्द शत्रमा प्रेसको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल हुुने छ । सम्मेलनले भोली विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुने छ ।