गोपाल काफ्ले
पथरी । पूर्वी मोरङ इसाई समाज पथरी शनिश्चरे, मोरङले ३१ जना ज्येष्ठ नागरिकलाई ख्रीष्टमस नयाँ बर्षको अवसर परेर सम्मान गरेको छ ।
बुधबार भएको शुभकामना आदनप्रदान कार्यक्रममा ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट) सहितले सम्मानित गरिएको छ । इसाई समाज र गैर इसाई समाजका ज्येष्ठ नागरिकहरुलाई ४३ हजार ४ सय मूल्य बरावरको ३१ थान न्यानो ज्याकेटका साथमा नगद, दोशल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मान गर्दै नगर प्रमुख दिलिपकुमार राई
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले समाजले वृद्धवृद्धालाई सम्मान गरेर समाजमा उदाहरणीय कार्य गरेको भन्दै स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकलाई बिशेष सम्मान स्वरुप ७० बर्ष माथिका नागरिकलाई एम्बुलेन्स चाहिएमा एक आर्थिक बर्षमा एकपटक निःशुल्क उपलब्ध गराउदै आएको बताए । ८० बर्ष माथिका ज्येष्ठ नागरिकका लागि हरेक आर्थिक बर्षको दुई महिनामा एक पटक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य चौकीबाट डाक्टर घरमै खटार स्वास्थ्य उपचार गर्दै आएको जानकारी गराउदै सेवा लिन वृद्धवृद्धालाई उनले आव्हान गरेका छन् । सोहि अवसरमा पथरी हस्पीटल प्रालिका सञ्चालक ईश्वरी सापकोटाले ज्येष्ठ नागरिको उपचारमा पथरी हस्पीटलले उपचारमा ५० प्रतिशत र औषधिमा १० प्रतिशत छुटको समेत व्यवस्था गरेको बताए ।