प्रहरी निरीक्षक र वडाध्यक्षको धम्की (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

प्रहरी निरीक्षक र वडाध्यक्षको धम्की (भिडियो सहित)

जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी २ का वडाध्यक्ष राजन कुमार कडेलले कार्यलयमा आएर संस्थाका पदाधिकारीलाई धम्की दिएको बताएका छन ।
विज्ञप्तिमा राष्ट्रलाई नै सहयोग गर्दै आएको संस्थालाई निरुत्साहित गर्ने, अवाञ्छित रुपमा प्रभाव पार्ने ढङ्गले प्रहरी निरीक्षक तिम्सिना र वडाध्यक्ष कडेलले गत मङ्सिर २७ र २८ गते कार्यालयमा पुगेर धम्क्याएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ –नागरिकको सुरक्षाका लागि खटिएको प्रहरी र जनताको काम गर्न निर्वा्चित भएको जन प्रतिनिधले नै सामाजिक संस्था विरुद्ध धावा बोल्नु घोर आपत्ति जनक विषय हो ।


प्राप्त जानकारी अनुसार संस्थामा उपचाररत एक जना विरामीलाई तत्काल छुटाउनका लागि कडेल प्रहरी निरीक्षकको सहयोग लिएर संस्थामा पुगेका थिए । संस्थाले बिना सरोकार बाला ब्यक्तिलाई उपचाररत विरामी जिम्मा लगाउन नमिल्ने जवाफ दिएको थियो । संस्थाका पदाधिकारीहरूले प्रहरी निरीक्षक तिम्सिनाको निर्देशन नमानेपछि तिम्सिनाले संस्थाका पदाधिकारीलाई मुद्धा लगाइदिने धम्की दिएका थिए ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले भने उपचारत विरामी लागु औषध प्रयोग कर्ता नभएको बुझिएकोले त्यस्ता विरामीलाई गैर कानूनी ढङ्गले बन्धक बनाउन नपाइने बताएका छन् । वडाध्यक्ष कडेलले समेत उपचाररत बिरामी आफ्नो भिनाजुको भाइ भएको र दिदीले देवरलाई बिना कारण बन्धक बनाएर उपचारको बहानामा थुनेर राखेकोले निकाल्न प्रहरीसँग सहयोग मागेको प्रतिक्रिया दिए ।

सम्बन्धित खवर