तत्काल छोड्न माग गर्दै मञ्चद्वारा प्रदर्शन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

तत्काल छोड्न माग गर्दै मञ्चद्वारा प्रदर्शन

साइनो समचारदाता
धरान । गोरु काटेको अभियोगमा पक्राउ गरिएका १० जनालाई तत्काल रिहाइ गर्न माग गर्दै कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोमबार धरानमा प्रदर्शन गरेको छ ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च जिल्ला समिति सुनसरीले मुलुक धर्म्निरपेक्ष राज्य भइसकेको अवस्थामा पनि गोरु काटेको विषयलाई मुद्दा बनाएर पक्राउ गरिएको भन्दै विरोध प्रदर्शन गरेको हो । गत २८ गते प्रहरीले आशिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिँया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनि शाही, अनिश शाही र राजेन्द्र खड्गीलाई पक्राउ गरेका थिए । मञ्चले संविधानको मर्म र भावनाविपरीत पक्राउ गरिएको जनाएको छ । संविधानको भाग १ (४) मा उल्लेखित धर्म्निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्यको भावनाविपरीत एकल धार्मिक चरित्र देखाउँदै गोरु काटेको अभियोगमा पक्राउ गरिएको मञ्चको तर्क छ । ‘राज्यले हाम्रो मागलाई बेवास्ता गरे गाई काटेर विरोध गर्नुपर्ने पनि हुन्छ,’ भानुचोकमा आयोजित कोणसभामा मञ्चअन्तर्गत नगरअध्यक्ष सञ्जुहाङ सावाले भने, ‘हाम्रो मागप्रति प्रहरी प्रशासन र राज्य गम्भीर बनोस ।’

सम्बन्धित खवर