साइनो समचारदाता
पथरी । प्याब्सन नगर समिति पथरीशनिश्चरे, मोरङले आयोजना गरेको भलिवल प्रतियोगिताको उपाधि बाल्मिकी बोडिङ र रेडस्टाले शनिवार उपाधि चुमेको छ ।

छात्र तर्फको खेलमा बाल्मिकी आवासिय मावि ले अन्नपुर्ण मा. विलाई पराजित गर्यो भने छात्रातर्फको खेलमा बाल्मीकि आवासिय माविलाई पराजित गर्दै रेडस्टार माविले जित हात पारेको छ । छात्रतर्फको खेलमा अन्नपूर्णका सन्जय फियाक वेष्ट प्लेयर, प्रज्वल गुरुङ वेष्ट स्टाइगर भए भने वाल्मीकिका नवीन तामाङ लिफ्टर, ट्रनअफ चौहान वेष्ट डिफेन्डर घोषित भए । छात्रातर्फ रेडस्टारकी अंशु राई वेष्ट प्लेयर घोषित भइन् । शुक्रबार बाट भएको खेलमा छात्र तर्फ प्याब्सन पथरीशनिश्चरे नगरको १० टिम र छात्रातर्फ ६ टिम सहभागी रहेका थिए ।