‘चासोक तङ्नाम भव्य हुनेछ’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

‘चासोक तङ्नाम भव्य हुनेछ’

मोरङको पथरी बजारको पश्चिममा अवस्थित रहेको सिरिजङ्गा धार्मिक वन र सो आसपास यतिबेला श्रृङ्गारले सजिसजाउ देखिन्छ । पुस ४ गतेबाट उक्त स्थानमा भब्य रुपमा मेला लाग्दैछ सोही कारण उक्त स्थानलाई यतिबेला भव्य रुपले सजिसजाउ गर्न थालिएको छ । प्रत्येक वर्ष प्रकृतिपुजकहरुले मनाउँदै आएको उधौली पर्वलाई नै लिम्बु समुदायले चासोक तङ्नाम मेला लगाउने भएको छ । चासोक तङ्नाम यो पहिलो पटक लगाउन लागेको भने होइन ।
पहिला–पहिला सामान्य रुपमा मनाउँदै आएको यो पर्व वि.सं. २०७१ सालदेखि भने निरन्तर हरेक वर्षको मंसिर पूर्णिमामा सभ्य र भब्य रुपले मनाउँदै आएको
छ । बिशेषतः यो मेला (चासोक तङ्नाम)मा लिम्बु समुदायको उल्लेख्य सहभागिता रहेपनि सबै समुदायलाई समेटेर लैजाने सोच र योजना आयोजकको रहेको छ । यसै मेलामा महिला तथा पुरुष भलिबल खेल प्रतियोगिता पनि हुनेछ । जसको प्रथम पुरस्कार राशी ५१ हजार छ भने दोस्रो पुरस्कार ३१ हजार रहेको छ । त्यस्तै महिला भलिबल प्रतियोगिताको पुरस्कार राशी क्रमशः ३१ हजार र २१ हजार रहनेछ । प्रस्तुत छ सोही विषयमा आयोजक समितिका सचिव सन्तोष सिरेङसँग
गरिएको संवाद ः–

चासोक तङ्नामको तयारी कस्तो छ ?
– राम्रै छ, चासोक तङ्नाम मेलाको तयारी अगभग अन्तिम चरणमा आइपुगेको छ ।
मेला सम्पन्न गर्नका लागि आर्थिक स्रोत पनि चाहिएला नि, कसरी जुटाउ“दै
हुनुहुन्छ ?
– आर्थिक स्रोत त चाहिँ नै गयो नि, मेलालाई सु–सम्पन्न गर्नका लागि सबैभन्दा पहिला त यहाँका नागरिकको साथ र आर्थिक स्रोत नै चाहिन्छ । हामीले यस मेलालाई सु–सम्पन्न गर्नका लागि आर्थिक सहयोग संकलन गरेका छौं । देश तथा विदेशबाट हामीलाई उल्लेख्य मात्रामा सहयोग प्राप्त भइरहेको छ । सोही सहयोगले नै यो मेलालाई सु–सम्पन्न गर्नेछौं ।
खर्च पनि त धेरै होला नि कति अनुमान लगाउनुभएको छ ?
– लगभग हामीले अनुमान
गरेअनुसार भन्नुपर्दा १२ लाख जतिको अनुमान गरेका छौं ।
मेलाका आकर्षणहरु चाहि“ के–के छन् त ?
– हामीले यस मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखेका छौं । मेलालाई मनोरञ्जन दिन चर्चित गायक दिपक लिम्बुलाई पनि ल्याउँदैछौं । यसका साथै मेलामा विभिन्न
मनोरञ्जनात्मक खेल तथा जातीय भेषभुषा प्रर्दशन समेत गर्ने भएका छौं ।
मेलामा लिम्बु समुदायका ब्यक्तिहरुलाई मात्रै समेटिने हो ? प्रष्ट पारिदिनुस् न ।
– झट्ट हेर्दा त्यस्तै देखिए पनि यथार्थमा त्यस्तो होइन । हामीले सबै जातजातिलाई समेट्ने हिसाबले कार्यक्रमको आयोजना गरेका हौं । सबै जातजातिलाई जातीय भेषभुषा प्रर्दशनका लागि समेत निम्त्याएका छौं ।
मेलालाई अवलोकन गर्न कहा“ कहा“बाट आउ“लान् त ?
– यस मेलामा झापा, मोरङ, इलाम, धरान तथा पूर्वको अधिकांश ठाउँहरुका साथै काठमाडांैबाट समेत सहभागिता जनाउन आउनेछन् भन्ने लागेको छ ।
– प्रस्तुतिः प्रेम केडी

सम्बन्धित खवर