कांग्रेसको महासमिति बैठक हिन्दु राष्ट्रका निर्माणमा केन्द्रित - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

कांग्रेसको महासमिति बैठक हिन्दु राष्ट्रका निर्माणमा केन्द्रित

साइनो समचारदाता
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक हिन्दु राष्ट्र पुनःस्थापना गर्न केन्द्रित रहेको छ भन्दा अन्यथा नहोला । काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आज बुझाउने तयारी गरेका छन् ।


बैठकमा सहभागीहरुले पार्टीको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो । हिजोदेखि जारी बैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गर्न थालिएको छ ।

सम्बन्धित खवर