नेकपाको बैठकमा दुईटा छुट्टाछुट्टै राजनीतिक प्रतिबेदन स्थायी समितिको बैठक पुन पुस २ गते बस्ने - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

नेकपाको बैठकमा दुईटा छुट्टाछुट्टै राजनीतिक प्रतिबेदन स्थायी समितिको बैठक पुन पुस २ गते बस्ने

साइनो समचारदाता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आगामी पुस २ गते सोमबार पार्टी कार्यालयमा बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारिएको राजनीतिक प्रतिवेदन अध्ययन गरी छलफल गर्नका लागि बैठक डाकिएको छ ।
तेस्रो बैठकमा प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए । प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए ।
बैठकले हिजो नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।
यसैबीच आजको बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् ।

सम्बन्धित खवर