आजदेखि महासमिति बैठक - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

आजदेखि महासमिति बैठक


साइनो समचारदाता
काठमाडौं । प्रतिपक्षी नेपाली काँग्रेसको आजदेखि महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । नेपाली कांग्रेसका देशभरका महासमिति सदस्य तथा जिल्ला सभापतिहरु करिब १७ सय काठमाडौंमा भेला भएका छन् ।

रामशाहपथस्थित सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गर्दैछन् ।
पछिल्लो पटक काँग्रेसले उपसभापति विजयकुमार गच्छदारको पार्टी लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका दुई सय जनालाई महासमिति सदस्य बनाइएको छ भने एक सय जनालाई पर्यवेक्षकको रुपमा बैठकमा सहभागी गराइनेछ। महासमिति बैठकमा महासमिति सदस्यका अलवा जिल्ला सभापतिहरु पर्यवेक्षकका रुपमा सहभागी हुँदैछन्। केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु पनि बैठकमा सहभागी छन् । उद्घाटन सत्र सकेपछि आजै अपरान्ह बैठकमा आर्थिक, सांगाठानिक तथा राजनीतिक प्रतिवेदन पेश हुनेछ । सहमति नजुटेको पार्टीको संघीय विधान पनि महासमिति बैठकमा छलफलका लागि पेश गरिने कांग्रेसले जनाएको छ । पदाधिकारी संख्या बढाउने वा अहिलेकै राख्ने भन्नेमा कांग्रेसमा सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच मतभेद छ ।
आइतबार विहान ८ बजेदेखि बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताए। महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ। देउवा सभापति निर्वा्चित भएपछि पहिलोपटक महासमिति बैठक बस्न लागेको हो । महासमिति बैठकमा विशेष महाधिवेशनबारे पनि आवाज उठाउने पक्षमा नेताहरु छन् ।

सम्बन्धित खवर