साइनो समचारदाता
चितवन । नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको वकातल गरे लगत्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि नेपाली कांग्रेससँग संकेत गरका छन् । कोइरालाले २८ मंसिरदेखि हुने कांग्रेस महासमितिको बैठकमा हिन्दू धर्म र हिन्दू राष्ट्रको विषयले समेत प्रवेश पाउने बताएका थिए ।
बुधबार चितवन भरतपुरमा आयोजित कार्यक्रममा थापाले भने, ‘कांग्रेसका केही नेताहरुले पनि हिन्दू धर्मको विषयमा वकालत गर्दै आएकोले धर्मको विषयमा सहकार्य गरेर अघि बढ्न सकिन्छ ।’
कांग्रेसका नेताहरुले समेत हिन्दू राष्ट्रको वकालत गर्न थालेपछि हिन्दू राष्ट्र र राजतन्त्रलाई नै मुख्य एजेण्डा बनाउँदै आएका राप्रपा र कमल थापालाई भने बल पुगेको छ । मुलुक धर्म्निरपेक्ष राज्य भइसकेको भए पनि उनले हाल हिन्दू राष्ट्र पुनःस्थापनका लागि पहल गरिरहेका छन् । उनले दोस्रो जनआन्दोलनपछि योजनावद्ध तरिकाले हिन्दू धर्म मास्ने काम भइरहेको जिकिर गरेका छन् । ‘जबरजस्ती धर्म परिवर्तनले संविधानमा ाभएको धर्म्निरपेक्षताका उपहास भएको छ,’ उनले भने, ‘अर्को्तिर सनातन हिन्दू धर्ममा आस्था राख्ने नेपालीहरुलाई चुनौती पनि दिइरहेको छ ।’
उनले नेपाली जनताको साथ र सहयोगबाट नेपाललाई पुनः हिन्दू राज्य बनाउन सकिने बताए ।