इन्जिनियर अरुण क्षेत्रीको मनोमानी, गुनासो नसुन्ने पथरीशनिश्चरे नगरपालीका (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

इन्जिनियर अरुण क्षेत्रीको मनोमानी, गुनासो नसुन्ने पथरीशनिश्चरे नगरपालीका (भिडियो सहित)

भाग १

साइनो खवर पथरी

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यलयका इन्जिनियर अरुण क्षेत्रीले अनाहवश्यक दुख दिने गरेको स्थानीयले गुनासो गरेका छन । विशेष गरेर विकास निर्माण र घर नक्सा पासमा सबै प्रकृया पुरा भएका फाईल पनि सेटिङ नमिलेकाले अड्कीने गरेको जनगुनासो बढेको छ ।

पिडितहरुले बारम्बार गुनासो गर्दै आएका बेलामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै घर नक्सा बनाउने कन्सलटेन्सी संचालकहरु र पिडितले पत्रकार सम्मेलन नै गरेर सबैकुरा बाताएका छन् ।

नगरका इन्जिनियर अरुण क्षेत्रीले नगरपालिका भित्र नै आफ्नो कन्चनेश्र कन्सलटेन्सी संचालन गरि त्यहाँ सहयोगी राख्ने गरेको अन्य कन्सलटेन्सी संचालकहरुले बताएका छन । फिल्डमा जाने समयमा फिल्डमा नगई कार्यलयमै आउने सेवाग्रही संग घर नक्साको ठेक्का लिने गरेका छन ।

सेवा ग्राही र कन्सलटेन्सीले पटक पटक नगर प्रमुख दिलिप कुमार राई र प्रसासनीक अधिकृत सुर्य प्रसाद गौतमलाई गुनासो गर्दा पनि सुनुवाई नभएको सेवा ग्राहीको गुनासो छ ।

ग्रिन ल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टका अनुसार नगरमा रहेका दर्तावाल कन्सटेन्सी संचालकहरुले बनाएर पठाएका नक्साहरु पनि विभिन्न कारण देखाउदै क्षेत्रीले अनावश्यक दुःख दिनेगरेका छन । विष्टले भने “उसका आफ्नै कामदारहरु नगरपालिका भित्र गएर क्षेत्रीकै कुर्सीमा बसेर नक्सा बनाइरहेका हुन्छन् । हामीले लगेको काम महिनौँ दिन सम्म पनि हुदैन तर क्षेत्रीका कर्मचारीले गरेको काम मापदण्ड नै नपुगेको भएपनि तुरुन्तै हुन्छ ।” यस विषयमा आफुहरुसंग थुप्रै प्रमाणहरु रहेको पिडितहरुले बताएका छन् ।
पथरी शनिश्चरे वडा नं. १ निवासी टंकमाया लिम्बूको काम २ महिना अगाडी देखि अड्कीएको बताएकी छन् । सबै प्रकृयाहरु पुगेको छ तर खै के कारणले गर्दा रोकियो उनिहरु नै अलमलमा परेको बताउछन् । विनोद तामाङको फायल पनि उसैगरी रोकिएको छ । यी त उदाहरण पात्र मात्रै हुन यहाँ अझै यो भन्दा पनि धरै सेवाग्राहीले सहज काम नभएको गुनासो गर्दै आएका छन् ।

धरौटी वापतको रकम समेत फिर्ता नहुनै उल्टै बिभिन्न समस्या देखाएर फाईन कटाउने गरेको सेवाग्राही बताउछन । समयमा अनुगमन नगर्दीने अनि ढिलो भयो भन्दै फाइन काट्ने गरेको पाइएको छ । क्षेत्रिलाई काम दिए जस्तो सुकै मापदन्ड नपुगे पनि काम सम्पन्न हुने गरेको प्रस्तै प्रमाण भेटिने कन्सल्टेन्सी बताउछन । क्षेत्रिले धरैटीको सक्ली रसिद नभैइ हुदैन भन्दै फोटोकपी लिएर आउनेलाई जरिमाना काट्ने गरेका सेवाग्राही बताउछन ।प्रत्रकार सम्मेलनमा “कर्मचारीले नै काम नगर्ने अनि फाइन लाग्ने कस्तो कार्यालय हो भन्दै पिढितले आक्रोस पोखे” । फायलहरु कुनैपनि व्यवस्थीत तरिकाले नराखेका कारण भौचर हराउने गरेका छन् । भौचर हराएपछि फेरी उल्टै सेवाग्राहीलाई अर्काे भौचर काट्न लगाउने गरेको पनि उनिहरुले बताएका छन् ।
उनिहरुले पत्रकार सम्मेलन पश्चात नगर प्रमुख दिलिप कुमार राईलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

सम्बन्धित खवर