कोशीमा भारतीय डाका र प्रहरीबीच भीडन्त, एकको मृत्यु - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

कोशीमा भारतीय डाका र प्रहरीबीच भीडन्त, एकको मृत्यु

साइनो समचारदता
इनरुवा । कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल सनसरीमा प्रहरी र भारतीय डाँका समूहबीच भीडन्त गए राति भएको छ । एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।
चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच भएको भीडन्तमा घटनास्थलमा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। अन्दाजी ३५ वर्षका उनको सनाखत हुन सकेको छैन। मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
भीडन्त पछि डाँकाहरु भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरूले प्रहरीलाई लक्षित गरी एक्कासी गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा एकको मृत्यु भएको हो।
घटनास्थलमा तत्काल खोजतलास गर्दा गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर