‘सरकार भेटियो, न्याय भेटिएन’ (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

‘सरकार भेटियो, न्याय भेटिएन’ (भिडियो सहित)

मंसिर २० गते
साइनो समचारदाता
पथरी । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै मुलुकभर प्रदर्शन जारी छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै नारा जुलुस गर्दै पोष्टर टालेका छन् ।
मंसिर १६ गते निर्मला पन्तको सामुहिक बलात्कार गरि हत्या गरेको विरोेधमा तथा अपराधीलाई कारवाही गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदेश १ को झापाको दमक, मोरङको पथरीशनिश्चरे, सुन्दर हरौचामा प्रदर्शन गरेका छन् ।


मंसिर २० गते विहिबार स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमखी क्याम्पसको अगुवाईमा पोष्टर टाँसेर नारा लगाउँदै नगर परिक्रमा गरिएको युनियनका सभापति गोपाल सावाले बताएका छन् । बहुमुखीबाट प्ले कार्ड बोकेर निस्कीएका बिध्यार्थी संगठनले नगरपालिकामा लगेर पोस्टर पम्पीलेट र स्टीकर टासेका थिए भने चौक र गाडीहरुमा समेत स्टीकर टासेर न्यायको माग गरेका छन । बिध्यार्थीले ब्याग, ज्याकेट र मोवालइमा स्टीकर टासेर समर्थन जनाएका छन । विद्याथीहरुले ‘केपी ओलीको उपहार, महंगी र बलत्कार, गृह मन्त्री राजीनामा दे, निर्मला पन्तलाई न्याय दे, पोल पोलमा सरकार टोल टोलमा बलत्कार’लगायत नारा लगाएका थिए ।


निर्मला पन्तको न्यायको लागि आन्दोलन गर्दा नेपाल बिध्यार्थी संघले आफ्नो नेतालाई प्रधान मन्त्री बनाउन आन्दोलन गरेको नभइ नेबि संघ मोरङ क्षेत्र नं ३ का सभापती होमनाथ पोख्रेलले चेलिहरु दिनहुँ बलत्कार भैरहेको र सरकार लाचार भएको अवस्थामा आज हामी छोरा मान्छेहरु मुखदर्शक हुनु परेको बताए । उनले बलत्कार पछि घाटी थिची हत्या हुदा सरकार न्याय दिनको सटा कुनै धर्मको प्रचारमा सहआयोजक भएर सुरक्षा दिन दिएको भन्दै कटाक्ष गरे ।
अनेरास्ववियूका नेता बिबेक न्यौपानेले सरकार भेटियो न्याय भेटिएन भनिरहेको अवस्थाामा सरकारले चाडो भन्दा चाडो बलत्कारी पत्ता लगाई समस्या समाधान गर्न जोड दिएका छन । उनले निर्मलाकी आमाले निर्मलाको ज्यान मागेको हैन केवल बलत्कारीलाई कार्वाही मागेको भन्दै सरकारले यो कुरा पुरा गर्नु पर्नेमा जोड दिएका छन । कोण सभामा विद्यार्थी नेतृ एलिना दियालीले ढिलो न्याय दिएको भन्दा न्याय नदिएकै जाति भन्दै पाटी र जाति भन्दा माथि नउठे सम्म यस्ता घटना दिनहु दोहोरीने बताइन् ।

विद्याथीहरुले ‘केपी ओलीको उपहार, महंगी र बलत्कार, गृह मन्त्री राजीनामा दे, निर्मला पन्तलाई न्याय दे’लगायत नारा लगाएका थिए ।

मंसिर १९ गते निर्मला हत्याको न्यायको लागि नेपाल बिद्यार्थी मोर्चा दमक बहुमुखी क्याम्पसको आयोजनामा र आदर्श माध्यमिक विद्यालय दमकका बिद्यार्थीहरुको साथमा सड्मा उत्रिएका छन् ।

साँढे ४ महिना वितिसक्दा पनि सरकार किन मौन भन्दै क्याम्पसबाट गणतन्त्र चोकमा भेला भएर कोण सभा गरिएको थियो ।

नयाँ शक्ति बिद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्प सुन्दरहरौचाले निर्मला पन्तको बलत्कारी र हत्यारालाई कार्बाहीको मागसहित हस्ताक्षर संकलन गरेका छन् । नयाँ शक्ति सुकुना संयोजक अरुण राइले निर्मला पन्तको न्यायका लागि र सरकारले न्यायिक रुपमा छानविन गरि बलात्कारीलाई कडा कार्वाही गरिनु पर्ने बताए । समाजवादी बिद्यार्थी फोरम सुकुनाका सदस्य सुनिल राईले सरकारले यो घटनालाई गम्भीरताका साथ हेरि चाँडो भन्दा चाडो पीडित पक्षलाई न्याय दिनु पर्ने बताएका छन् । राईले हरेक दिन कुनै न कुनै किसिमले महिलाहरु हिंसामा पर्दै आएकाले बलात्कारीलाइ फाँसीको सजाय ब्यवस्था हुनु पर्ने बताए ।
करिब ८ सयको हाराहारीमा हस्ताक्षर सङ्कलन भएको नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक रोसन अधिकारीले जनाउँदै हस्ताक्षर सङ्कल कार्यक्रम मोरङ र सुनसरी का विभिन्न कलेजहरुमा संचालन भइरहेको बताए । उनले सङ्कलित हस्ताक्षर मुख्यमन्त्री कार्यालय मार्फत् प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिएका छन् ।
विद्यार्थीहरुले मात्र होइन, राजनैतिक दल, समाजिक संघसंस्था, नागरिक संघर्ष समितिले पनि विरोध गर्दै आएका छन् ।

प्रहरी के गरयो?
पन्तबारे जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षिय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानका लागि कञ्चनपुर आएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार हालसम्म घटनामा संलग्न भएको आशंकामा ३० जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।
विपक्षीसँगै सत्तारुढ सांसदहरुले संसदमा प्रश्न उठाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रोष्टममा उभिएर भने, ‘घटनामा संलग्न दुई जना पक्राउ परिसकेका छन् ।’ उनले नाम पनि सार्वजनिक गरे, कैलालीको मोहन्याल गाउँपालिका–५ का २२ वर्षीय जीवन घर्ती मगर र १७ वर्षीय दीपक नेगी । अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुले भने यो नाम गृहमन्त्री समक्ष कसरी पुग्यो भनेर आश्र्चयचकित भएका छन् । घटनाको अनुसन्धानका लागि सीआईबीबाट अंकुर जिसीको नेतृत्वमा ३ जनाको टोली खटिएको छ ।
पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्रावधान अनुसार आफूहरुलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन ।
आरोमा एक पक्राउ, नाम गोप्य
मंसिर १८ गते साझ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले काठमाडौंबाट घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
२२ वर्षिय युवकलाई पक्राउ गरेको भएपनि विवरण गोप्य राखेको छ । गोप्य अनुसन्धानका लागि प्रहरीले पक्राउको पुष्टि समेत गरेको छैन । पक्राउ परेका युवकको डीएनए परीक्षणका नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ ।

कसरी भयो हत्या?
गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो । पन्त भीमदत्त नगरपालिकास्थित सरस्वती माविको कक्षा १० मा अध्ययनरत थिइन् । यसअघि १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर हत्या भएको पुष्टि गरेको छ । पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी बताएका थिए ।

सम्बन्धित खवर