नेफ्स्कुनको सम्पर्क कार्यलय मोरङको लेटाङमा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

नेफ्स्कुनको सम्पर्क कार्यलय मोरङको लेटाङमा

बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ । 
सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेफ्स्कुनले देशभरमा २२ वटा फिल्ड कार्यलय रहेका भन्र्दै लेटाङमा पहिलो संपर्क कार्यलय संचालनमा ल्याएको सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले बताउनु भयो । उहाले बचत तथा ऋण सहकारी संस्थाहरूको दीगो विकासका लागि नेफ्स्कुनले सरकारसँग सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भयो भने सहकारी संस्थाको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो । सहकारीलाई प्रविधि मैत्री बनाउँदै समय सापेक्ष ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कोषाध्यक्ष पोख्रेलले सहकारी संस्थाको मापन भवन, कर्जा प्रवाह र निक्षेप सङ्कलनबाट मात्र नहुने बताउनु भयो । कतिपय ठूला सहकारीमा आर्थिक सुसासन नभएको, ऋण जोखिममा रहेको समेत पाइएको उहाँको भनाई थियो ।

नेफ्स्कुन इटहरी फिल्ड कार्यालयका प्रमुख एवं नेफ्स्कुनका सञ्चालक सदस्य गोमा नेपालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेफ्स्कुनका ,सञ्चालक समितिका सदस्य घनश्याम अधिकारी र चन्द्रा खड्का, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र लेटाङ नगरपालिकाको वार्ड ३ का वडाध्यक्ष देवराज चाम्लिङले ग्रामिण भेगमा सेवा सुचार गरेकोमा शुभकामना दिनु भएको थियो ।
लेटाङको मुख्य चौकमा रहेको सम्पर्क कार्यलयले पूर्वका बचत तथा ऋण सहकारी संस्थाहरूलाई तालिम तथा प्रविधिमा सहयोग पुर्याउने सञ्चालक सदस्य गोमा नेपालले बताउनु भयो । नेफ्स्कुनमा देशभरका ३ हजार ३ सय ८० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।

सम्बन्धित खवर