प्रधानमन्त्री केपी ओली र उपप्रधान एवं स्वास्थ्य मन्त्रि उपेन्द्र यादववीच चर्काचर्की - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रधानमन्त्री केपी ओली र उपप्रधान एवं स्वास्थ्य मन्त्रि उपेन्द्र यादववीच चर्काचर्की

१९  मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक सम्मेलन सकेर ‘जिससकी छोरी’ हाक जा हान मुन नेपालबाट अलप भइसकेकी छिन् । तर, यो सम्मेलनमा सरकारको सहभागितालाई लिएर मन्त्रिपरिषदमा हलचल मच्चिएको छ । सोमबारको क्याबिनेटमा समेत यसको प्रभाव प्रष्टै देखियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं स्वास्थ्य उपेन्द्र यादववीच चर्काचर्की भयो । झगडाको निहुँ क्षेत्रीय र अञ्चल अस्पतालहरुलाई ‘अपग्रेड’ गर्ने विषयमा केन्दि्रत थियो । तर, विवादको अन्तर्यचाहिँ क्रिश्चियनको धार्मिकसभा नै भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘सोमबारको बैठकमा संघीय समाजवादीका नेता उपेन्द्र यादवजीहरुले सरकारसँग अलिकति दूरी बढाएको जस्तो देखियो । बैठकमा अलि चर्काचर्की भयो ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले क्षेत्रीय एवं अञ्चल अस्पतालहरुलाई ५ सय बेडमा अपग्रेड गर्ने प्रस्ताव क्याबिनेटमा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारी अस्पतालहरुमा बेड थप्ने यादवको प्रस्तावलाई मानेनन् । प्रधानमन्त्रीले अहिले नगरौं, पछि गरौं भनेपछि उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईसमेत प्रधानमन्त्रीमाथि खनिएको स्रोतले जानकारी दियो ।

संघीय समाजवादी फोरमले संविधान संशोधनको आफ्नो माग पूरा हुने अपेक्षासहित सरकारमा सहभागिता जनाएको हो । उसले आफ्नो एजेण्डा छाडेको आरोप पार्टीभित्र र मधेसमा समेत लाग्दै आइरहेका बेला सोमबारको क्याबिनेटमा यादव र ओलीवीच दुरी बढ्नु अर्थपूर्ण रहेको नेकपाका नेताहरुको विश्लेषण छ ।

क्याबिनेट बैठकमा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई लिएर पनि केहीबेर विवाद भएको स्रोतले बतायो । विष्टले इटहरी, बुटवल लगायतका शहरमा सीपमूलक तालिम केन्द्रहरु स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा ल्याएका थिए, जसलाई प्रधानमन्त्री ओलीले ‘ड्रप’ गरिदिए । अनलाइन खबर बाट,

सम्बन्धित खवर