किरात राई विद्यार्थी संघको नवौ राष्ट्रिय सम्मेलन खोटाङमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

किरात राई विद्यार्थी संघको नवौ राष्ट्रिय सम्मेलन खोटाङमा

मंसिर १९ गते
साइनो समचारदता
दमक । किरात राई विद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलन खोटाङको दिक्तेलमा हुने भएको छ । काठमाडौंमा सम्पन्न संघको केन्द्रीय कार्य समितिको तेस्रो परिषद बैठकले बैशाख २६, २७ र २८ गते मिति तय गरेको छ ।
किरातीहरुको ऐतिहासिक उद्गम स्थान साथै आफ्नै ईतिहास समेत बोकेको खोटाङ जिल्लामा संघलै आफ्नो नवौ राष्ट्रिय सम्मेलनका लागि स्थान छनौछ गरेको हो । संघ २०५६ भदौ १७ गते ‘हाम्रो पहिचान भाषा र संस्कृति, सद्भाव बढाई त्यागौ विकृती’ भन्ने नाराका साथ स्थापना भएको किरावि संघ हाल नवौ राष्ट्रिय सम्मेलनको तयारिमा छ । २०५७ मंसिर २७, २८ र २९ गते पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न गर्दै दिपेन्द्र राईको नेतृत्वमा संघले नयाँ कार्यसमिति पायो । २०५९ फागुन २७, २८ र २९ गते ईलाममा आफ्नो दास्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्याे । दोस्रो राष्ट्रिय सम्मेलने चन्द्रविक्रम राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भए ।
२०६२ मंसिर २२, २३ र २४ गते सुनसरिको धरानमा संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै दिवस राईले नेतृत्व लिदै संघलाई आफ्नो उदेश्य र लक्ष्य प्राप्तिको दिशामा निरन्तर अघि बढिरह्यो ।
२०६४ मंसिर २७, २८ र २९ गते काठमाण्डौबाट भोगिराज राई, २०६६ मंसिर २७, २८ र २९ दमकबाट रविन राई, २०६८ मंसिर २७, २८ र २९ काठमाण्डौबाट धिरेन्द्र रुम्दाली, २०७१ चैत्र २७, २८ र २९ सोलुखुम्बुबाट अर्जुन जम्नेली राईले नेतृत्व गरिसकेका छन् ।
२०७३ मंसिर २७, २८ र २९ गते इलाममा सम्पन्न आठौं राष्ट्रिय सम्मेलनबाट विर्सिका राईको नेतृत्वमा विभिन्न गतिविधिहरु सम्पन्न गर्दै अहिले नवौ राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेको छ ।
विर्सिका राईको संयोजकत्वमा ७५ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । सम्मेलन सफलता पूर्वक भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको जनाएको छ ।
सम्मेलनमा १६ जिल्ला संगै उपत्यकाका किरात राई विद्यार्थी प्रतिनिधिहरु सहभागी हुने जनाएको छ ।

सम्बन्धित खवर