शारीरिक सुगठन प्रतियोगितामा पथरी हाबी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

शारीरिक सुगठन प्रतियोगितामा पथरी हाबी

मंसिर १९ गते
साइनो समाचारदाता
पथरी । शनिवार विराटनगरमा भएको पाँचौं मोरङ जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगितामा पथरीशनिश्चरे हाबी भएको छ । पथरीले सबै प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ ।
प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीलाई पथरी फिटनेस कल्वले सम्मान गरेको छ । पथरी फिटनेस कल्वका संजिब मगर पहिलो, अजय मल्लिक दोस्रो र योगेश लिम्बुले तेस्रो स्थान हात पारेका थिए ।
मोरङ्ग शारीरिक सुगठन तथा फिटनेस संघले ४ समूह चरणमा गरेको प्रतिष्पर्धामा पथरीशनिश्चरेले ३ बिधामा प्रथम हुदै फाइनल राउड प्रबेश गरेका थिए । मगरले ७० केजि समूहमा, मल्लिकले ५५ केजि समूहमा र लिम्बुले ६५ केजि समूहमा स्वर्ण पदक जितेका थिए । मगरले ट्रफी सहित ५१ हजार, मल्लिकले २५ हजार र लिम्बुले ११ हजार रुपयाँ समेत जितेका हुन ।

खेलाडीले अथक प्रयासले मोरङ भरीका ८ क्लबका २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकोमा खेलाडीहरुलाई फिटनेश क्लबका संचालक गणेश नेपालीले कार्यक्रमको आयोजना गरी बधाई दिएका थिए । क्लबले खेलाडी उत्पादनमा अझ योगदान दिने नेपालीले बताए ।बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी उत्कृष्ट सबै खेलाडीहरुलाई बधार्इँ तथा शुभकामना व्यक्त गरेको छ । परीशनिश्चरे १ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा सोमबार कार्यक्रमको आयोजना गरिएको थियो । पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम एङदेनले उपाधि बिजेता खेलाडीले नगरकै शान राखेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा उत्कृष्ट खेलाडीत्रयले आफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए ।


१ बर्ष अघि पथरीबजारमा फिटनेश क्लब स्थापना भएको थियो । राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले पछिल्लोपटक शारिरीक सुगठनलाई खेलको मान्यता दिएको छ ।

सम्बन्धित खवर