मंसिर १९
ऋषि राई
बेलबारी । नयाँ शक्ति बिद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस सुन्दरहरौचा मोरङ इकाई समितिले हस्ताक्षर अभियान सञ्चालन गरको छ । नयाँ शक्तिले निर्मला पन्तको बलत्कारी र हत्यारालाई कार्बाहीको माग सहित हस्ताक्षर संकलन गरेको हो ।
निर्मला पन्तको बलात्कार पछिको रहस्यमय हत्या काण्डकोे विषयमा सडक तथा सामाजिक संजाल, विभिन्न संघ सस्था तथा बौद्धिक ब्यक्तिहरुले कारबाहीको माग गरे आएका छन् । नयाँ शक्ति सुकुना संयोजक अरुण राइले निर्मला पन्तको न्यायका लागि र सरकारले न्यायिक रुपमा छानविन गरि बलात्कारी लाई कडा कार्वाही गरिनु पर्ने बताए । समाजवादी बिद्यार्थी फोरम सुकुनाका सदस्य सुनिल राईले सरकारले यो घटनालाई गम्भीरताका साथ हेरि चाँडो भन्दा चाडो पीडित पक्षलाई न्यायदिनु पर्ने बताएका छन् । राईले हरेक दिन कुनै न कुनै किसिमले महिलाहरु हिंसामा पर्दै आएकोले बलात्कारीलाइ फाँसीको सजाय ब्यवस्था हुनु पर्ने बताए ।
करिब ८ सयको हाराहारीमा हस्ताक्षर सङ्कलन भएको नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक रोसन अधिकारीले जनाउँदै हस्ताक्षर सङ्कल कार्यक्रम मोरङ र सुनसरी का विभिन्न कलेजहरुमा संचालन भइरहेको बताए । उनले सङ्कलित हस्ताक्षर मुख्यमन्त्री कार्यालय मार्फत् प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिएका छन् । कार्यक्रम बिहान ८ः०० बजे देखि ११ः०० बजे सम्म सुकुना कलेजको प्राङ्गणमा संचालन भएको थियो । हस्ताक्षर सङ्कल अभियानमा समाजवादी बिधार्थी फोरम सुकुनाले पनि एकिबद्वता जनाएको छ ।