आत्मानन्द गोल्ड कप, लगातार तीन पटक यासोकद्वारा उपाधि रक्षा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

आत्मानन्द गोल्ड कप, लगातार तीन पटक यासोकद्वारा उपाधि रक्षा

मंसिर १७ गते
साइनो समचारदाता
इलाम । ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि सोमबार सयपत्री सर्वाेत्तममुखी यासोक पान्थरले चुमेको छ । यासोकले २०७३ देखि लगातार उपाधि चुम्दै आएको थियो । यस पटक पनि बाजी मार्न सफल भएको छ ।
इलामको माङसेबुङ खेलमैदानमा बुद्ध स्पोट्र्स क्लब चन्दगढी झापालाई ४–१ को गोल अन्तरले यासोकले उपाधि चुमेको हो । खेल पहिलो हापको १३ औं मिनेटमा नै यासोकले गोलको खाता खोलेको थियो । यासोकका प्रकाश सुब्बाको प्रहार चन्दगढीका गोलरक्षक सुमन लिम्बूको हातबाट फुत्केर जाली चुमेको थियो । त्यसको ७ मिनेटपछि पुनः यासोकका प्रकाश सुब्बाले नै गोल गरी अग्रता दोब्बर बनाए । २३ औं मिनेटमा झापाका रोशन थाम्सुहाङले जवाफी गोल फर्काएको थियो। दोश्रो हाफमा समेत उत्कृष्ठ खेल प्रदर्शन गर्योे । दोश्रो हाफको १५ औं मिनेटमा यासोकका भुवन बस्नेत, पुन २५ औं मिनेटमा पुनः बस्नेतले नै गोल गरी टिमको तर्फबाट दुई गोल गरेपछि ४–१ को सानदार जितसगै उपाधि दिलाउन सफल बने । जितसँगै यासोकले नगद एक लाख ८ हजार ६५ रुपैया प्राप्त गरेको छ । उपविजेता चन्द्रगढी झापाले नगद ७५ हजार ६५ रुपैया“मा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगिताका सर्वाधिक गोलकर्ता विजेता यासोक पाचथरका भुवन बस्नेत, उत्कृठ खेलाडी यासोककै मिलन राई, उत्कृष्ठ डिफेन्डर उपविजेता चन्दगढी झापाका सुवास तामाङ र उत्कृष्ठ गोलकिपर विजेता यासोक पाचथरका मनोज प्रधान घोषित भए । उनीहरु प्रत्यकले नगद ८÷८ हजार रुपैया प्राप्त गरे ।
गएको ८ मंसिरदेखि संचालित प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागिता रहेको थियो । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण प्रतियोगिता आयोजना गरिएको थियो । २०६५ सालदेखि आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनी ‘आत्मानन्द गोल्डकप’ को आयोजना गरिदैं आएको छ । २०६५ सालमा पकलिराम बाझो, २०६६ सालमा पकलिराम, २०६७ सालमा बीबीएफसी दमक, २०६८ सालमा एफसी पान्थर, २०६९ सालमा बीबीएफसी सिक्तेम्बा पान्थर, २०७० सालमा बीबीएफसी सिक्ेतम्बा, २०७१ सालमा केएफके माइधार झापा, २०७२ सालमा बाझो खेलकुद समिति, २०७३ सालमा सयपत्री सर्वाेत्तममुखी यासोक पान्थर, २०७४ सालमा सयपत्री सर्वाेत्तममुखी यासोक पान्थरले गोल्डकपको उपाधि जितको थियो ।

सम्बन्धित खवर