अपाङ्गताको लागि अभिमुखिकरण - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

अपाङ्गताको लागि अभिमुखिकरण

मंसिर १७
साइनो समचारदाता
पथरी । नेपाल अपाङ्ग महिला संघ मोरङको आयोजनामा अपाङ्गगता भएका व्यक्तिहरुलाई स्थानीय तहको नीति निर्माणमा सहभागी गराउनु पर्ने प्रावधानका बारेमा पथरी शनिश्चरे नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


‘अधिकारका लागि अभियान प्रभावकारी नीति निर्माणका लागि अपंगता भएको महिलाहरुको सशक्तिकरण’ परियोजना अन्तर्गत नगर कार्यपालिकाका सदस्यहरुमाझ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष भीमा खतिवडाले स्थानीय तहमा बन्ने हरेक समितिमा अपाङ्गगता भएका व्यक्तिहरुलाई समेत समावेश गराउनु पर्ने राज्यको नीतिलाई अवलम्वन गराउनु पर्ने प्रष्ट्याइन् ।
पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख सहितको सहभागिता रहेको जिल्ला सचिव मीना आचार्यले जनाइन् । संघको तर्फबाट सो नगरका लागि विद्या लुईटेल सामाजिक परिचालकका रुपमा रहेकी छिन् ।

सम्बन्धित खवर