आज १४ करोडको रेष्टुरेण्ड एण्ड बार समुद्घाटन हुदै - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

आज १४ करोडको रेष्टुरेण्ड एण्ड बार समुद्घाटन हुदै

मंसिर १७
साइनो समचारदाता
पथरी । १४ करोडको लगानीमा शीन भिलेज पार्टी प्यालेसले रेस्टुरेण्ट एण्ड बार मंसिर १७ गते सोमबारदेखि संचालनमा ल्याउने भएको छ ।
पर्यटकहरुको आगमनलाई मध्य नजर गरेर प्यालेसले सुबिधा सम्पन्न आवास र खानपिन सहितको रेस्टुरेण्ट एण्ड बार संचालनमा ल्याएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । दिउसो १ वजे समुद्घाट कार्यक्रम हुने र साँझ सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रममा एसियाकी होची महिला÷कलाकार मोना घिमिरे, गायक गौरब दर्पण, श्रृष्टी हिङ्माङको प्रस्तुति रहनेछ । प्यालेसमा प्रत्येक शुक्रबार शुखद शुक्रबार साङ्गीतिक साझ हुने छ भने साङ्गीतिक साझमा ख्याती प्राप्त कलाकारद्वारा मनोरञ्जन प्रदान गर्ने बताइएको छ । रेस्टुरेण्ट एण्ड बारमा स्वस्छ तथा पारिवारिकमय वातावरणमा कार्यक्रम हुने भएकाले एसीसहितको बाल बगैँचा र २ वटा छानोसहितको स्विमिङ पुलको समेतको आन्नद लिन पाइनेछ ।
५०÷६० जना कर्मचारीले रोजगार पाउने प्यालेसमा अन्तर्राष्ट्रियस्तरको खानको समेत ब्यवस्था रहेको छ । भदौ १२ देखि संचालनमा आएको पार्टी प्यालेसमा सोमबार देखि बिभिन्न अफर सहित ५ दिन सम्म रेस्टुरेण्ट एण्ड बारको उद्घाटन कार्यक्रम रहने संचालक नरेस घतानिले बताए । २०७४ सालदेखि प्यालेसको निर्माण कार्य सुरु गरेको थियो ।

सम्बन्धित खवर