सरकार प्रचारमुखी भएको आरोप - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सरकार प्रचारमुखी भएको आरोप

मंसिर १६
साइनो समचारदाता
काठमाडौं । तत्कालिन कांग्रेस नेतृत्वको सरकारको पालामा संसदबाट पारित सामाजिक सुरक्षा सम्वन्धी ऐन कार्यान्वयन गरेर सरकारले सकारात्मक थालनी गरेको नेपाली काग्रेस जनााएको छ । तर अनावश्यक प्रचारमुखी र भड्किलो भएको प्रमुख प्रतिपक्षी उस्ले आरोप लगाएको छ ।


धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक बनेर राज्यको वजेट र साधनको दुरुपयोग गरेको भन्दै धार्मिक आस्थामा आधारित कार्यक्रममा सरकारी संलग्नता प्रति पार्टीको घोर भत्र्सना रहेको जारी विज्ञप्तिमा उल्लेख छ । आफैले ल्याएको नयाँ कार्यक्रम झै सरकारले जनतामा भ्रम फिँजाएको काँग्रेस प्रवक्ता विश्व प्रकास शर्माले बताए । सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ युगको संज्ञा भनेर आफ्नो अलोकप्रियतालाई सरकारले ढाक्न खोजेको काँग्रेसको आरोप छ । सरकार, रोजगार दाता र श्रमिकको संयुक्त सहभागितामा हुने सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन गर्न काँग्रेसले निरन्तर खबरदारी गर्ने जनाएको छ ।

सम्बन्धित खवर