संरक्षण खोजिरहेको वाराही मन्दिर - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

संरक्षण खोजिरहेको वाराही मन्दिर

लेटाङ(मोरङ)/ उत्तरी मोरङको वारङ्गीस्थित ऐतिहासिक वाराही मन्दिर दुर्गमस्थलमा भएकै कारण ओझेलमा परेको देखिन्छ ।  हाल लेटाङ नगरपालिका वार्ड नं. ७ मा रहेको मन्दिरमा कहिलेबाट पूजा आजा हुन थाल्यो स्थानीय बुढापाकालाई पनि थाहा छैन । लेटाङ–७ समलाका धर्मप्रसाद राईले भन्नुभयो–‘म ६९ वर्षको भएँ । मैले थाहा पाउँदा देखि मङ्सिरे पुर्णिमामा त्यहाँ मेला लाग्थ्यो । वाराही मन्दिर वर्षमा एक पटक मात्र मङ्सिरे पुर्णिमाको दिन खुल्ने गर्छ ।मन्दिरमा कुनै भगवानको मुर्ति छैन । वराह(बँदेल)को प्रतीक देखिने ढुङ्गाको प्रतिमा राखिएको छ । यस मन्दिरलाई वराहक्षेत्रको शीर मान्ने गरिन्छ ।


मोरङका मात्र होइन , मङ्सिरे पुर्णिमाको दिन धनकुटा,पाँचथर र इलाम देखिका धर्मानुरागीहरू वाराही मन्दिर दर्शन गर्न पुग्ने गर्छन ।वाराङ्गी चार जिल्लाको संगम स्थल पनि हो । तर, मन्दिरमा लिम्बू जातिको खजुम थरकाले प्रवेश गर्नु हुँदैन । स्थानीय ८० वर्षीय मैतबहादुर खजुमका अनुसार वाराही मन्दिर परिसरमा पुगेमात्र पनि अनिष्ट सुरु हुन्छ । नजानेर त्यहाँ पुग्दा पनि वाराही मन्दिरले धेरै दुख दिएको मैतबहादुर आफैले भाग्नु भएको छ । उहाँले भन्नुभयो –उहिल्यै बँदेलको अवतार लिएर वाराही कुनै खजुम थरका लिम्बूको भान्छामा छिरेका थिए रे । भान्छामा बँदेल पसेपछि शिकार गर्न खप्पिस ति खजुम युवाले तीरले हानेर बँदेललाई मार्दा त्यहाँ बँदेल नभई ढुङ्गा देखियो । बँदेललाई खजुमले मार्ने चेष्टा गरेकोले श्राप दिएको जन विश्वास छ ।
वुढापाका मात्र होइन, अनिष्ट हुने डरले अझै पनि खजुमहरू मन्दिरमा प्रवेश गर्दैनन । स्थानीय युवा सन्तबहादुर खजुमले भन्नुभयो–किंबदन्ती भएपनि आज सम्म कुनै खजुम दाजुभाईले वाराही मन्दिर दर्शन गरेको जानकारी छैन । तर,मन्दिर संरक्षणमा स्थानीय सरकार आउनु भन्दा अगाडी स्थानीयले संरक्षण गर्दै आएकोमा हाल नगरपालिका बाट ६ लाख र वटा बाट १ लाख छुटाएर संरक्षण सुरु गरेको छ । स्थानीय ६२ वर्षीय वीरलाल राईले भन्नुभयो –मन्दिरको प्रचार छैन । संरक्षण हुन सकेको छैन ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले पहिलो प्राथमिकता वारङ्गी सम्म पुग्ने सुविधा युक्त सडक रहेको बताउनु हुन्छ । उहाँले बल्ल सडक सञ्जाल बिस्तार भएको जनाउँदै वाराही मन्दिर लगायत उत्तरी मोरङका धार्मिक स्थललाई पर्यटकीय गन्तब्य बनाउन नगरपालिकाले‘रोडम्याप’तयार गरेको बताउनु भयो । मोरङ भने पछि सबैले सुगम, शिक्षित र सम्पन्न जिल्ला बुझ्छन् । तर यस नगरपालिकाका धेरै गाउँमा बिजुली पुगेको छैन । ४ घण्टा हिडेर विद्यालय जानु पर्ने अवस्था छ । उहाँले मन्दिरलाई पर्यटकीय गन्तब्य बनाई वारङ्गीमा होमस्टे को ब्यवस्था गर्ने बताउनु भयो । तर केन्द्रीय सरकारले ब्यवस्था गरेका कारण लेटाङ नगरपालिकाको ७० प्रतिसत पाहाडी भाग तिब्र गतिमा बिकाश हुन सकेको छैन ।
वारङ्गी उत्तरी मोरङको अलैंची,अम्लिसो, तेजपात, अदुवा र चिया निर्यात गर्ने गाउँ हो । वाह्रै महिना चीसो हुने वारङ्गी सुगम जिल्लाको दुर्गम गाउँ भएकै कारण पछि परेको वडाध्यक्ष नगेन्द्र लिम्बूले बताउनु भयो ।

सम्बन्धित खवर