मंसिर १६
साइनो समचारदाता
पथरी । पशुपंक्षी सेवा शाखा नगरपालिकाको कार्यालय पथरीशनिश्चरे मोरङले नगरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर अघि बढाएको छ ।

शिविरमा पशु तथा पंक्षीहरुको चेक जाँचका साथै आवश्यक औषधि समेत वितरण निशुल्क बितरण गरिएको थियो ।
मंसिर १७ गते वडा नम्वर ६ को भातेगौडामा र १९ गते वडा नम्वर ८ को सोमबारे बजारमा सो शिविर सञ्चालन गरिने पशुपंक्षी सेवा शाखा प्रमुख गणेश शिवाकोटीले जनाए । नगरपालिकाले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरका लागि ७० हजारका दरले ३ स्थानका लागि २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।