मंसिर १४ गते
साइनो समचारदाता
इलाम । देशमै पहिलो पटक जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा लिम्बु भाषा मंसिर १४ गते शुक्रबार देखि सरकारी प्रचलनमा आाएको छ ।
वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईले ‘लिम्बू भाषा’ र ‘किरात सिरिजंगा लिपि’ को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग सुरु गरिएको बताए । वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको वोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारामहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किरात सिरजिंगा लिपी प्रयोग गर्ने उनले बताए । उनले सरकारी कार्यालय, शैक्षिक संस्थाहरुमा मातृभाषाको बोर्ड राख्न सुरु गरिसकेको अबगत गराएका छन् । हिजो विहिबार जातीय बाहुल्यताको आधारमा किरात लिम्बु भाषालाई कामकाजी भाषाको ऐतिहासिक औपचारिक घोषणा सभा गरिएको थियो ।
घोषणा सभामा प्रदेश नं १, सांसद धिरेन्द्र शर्मा ‘रमण’ले प्रदेशका बहुसंख्यक जनताले बोल्ने भाषालाई प्रादेशिक भाषाको रुपमा प्रयोग गर्न सकिने बताउँदै लिम्बू भाषालाई प्रादेशिक भाषा बनाउनका लागि प्रदेश सरकारसँग पहल कदमी गर्ने प्रतिवद्धता जनाए । उनले प्रदेश भाषिक विधेयक बनाउदा विशेष ध्यान दिने बताए ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले पारित गरी सबै वडामा मातृभाषालाई सरकारी कामकाजीको भाषा प्रयोगमा ल्याइने बताए । गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले दोभाषे कर्मचारी नियुक्ति गर्ने जानकारी गराए ।। यसैबीच उनले अंग्रेजी, किरात सिरिजंगा लिपि र देवनागरी लिपिमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी बाचन गरेर अध्यक्ष इधिङ्गोले उद्घाा्टन गरेका थिए । अभिायनको सुरुआत बुधबार माङसेबुङ ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट सुरु गरिएको थियो । आगामी महिनासम्म गाउँपालिकाका सबै पूराना सूचनापाटी हटाएर त्रैभाषिक सूचनापाटी राखिने गाउँपालिकाले जनाएको छ ।
घोषणा सभामा मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङले किरात लिम्बु भाषा प्राचिन भाषा भएकाले भाषा विकास हुनु भनेको देशको विकास भएको बताए । वडाले सरकारी कामकाजीको भाषा घोषणाले मातृभाषाको बाटो खुलेको उनले बताए ।
घोषणा सभामा साम्जिरी सेर्मा, किरात लिपि भाषाका आन्दोलनकर्मी साम्जिरी शेर्मा, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष. फिपराज बेघा, आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष अभिषेक ऐक्तेन, लिङदेन आत्मानन्द सेइङ बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय सचिव बलदीप राई, .किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य विनोद नेम्मबाङलगायतले वडाले स्रहानिय कार्य गरेको भन्दै चुनौति सबैले हल गर्नुपर्ने बताएका छन् ।
यसअघि केलाङ, माङलाङ, नौमति बाजा तथा र्यालीले घोषणाको स्वागत गरिएको थियो गत कार्तिक १५ गते सर्वपक्षीय भेला गरी लिम्बु भाषालाई सरकारी कामकाजीको बनाउने निर्णय गरको थियो ।
यसरी वडा कार्यालयले लिम्बु भाषा सरकारी कामकाजीको भाषा घोषणा गर्नुको औचित्य प्रष्टाए..
माङसेबुङ गाउँपालिका वडा नं ५ मा जातीय बाहुल्यताको आधारमा
किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषण पत्र
मिति ः २०७५ मंसिर १३
नेपाली जनताले पटक—पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको प्रतिफल स्वरुपमा निर्मित नेपालको संविधानको प्रस्तावनाले अभिव्यक्त गरेको ‘जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशानको अधिकारलाई आत्मासात गर्दै’, र ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने’ भावनालाई आत्मसाथ गर्दै,
नेपालको संविधान धारा ३, नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक’ राष्ट्र र ‘संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक मूलुक’ को रुप्मा परिभाषित गरेकोे, ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा’ का रुपमा सम्बोधन गरेको, धारा ७ ‘नेपाली भाषाका अतिरिक्त एकभन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउन सक्ने’, र धारा ३२, ‘प्रत्येक व्यक्ति समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने’ मौलिक हकको व्यवस्थालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न,
जनअपेक्षा अनुसार तिनै तहका जनप्रतिनिधि र सरकारले संघीय लोकतान्तिक गणतन्त्र नेपालको कार्यान्वयन गर्नुपर्ने नैतिक जिम्मेवारी हुने कुरालाई आत्मसाथ गर्दै, नेपालको संविधान अनुसूचि ८. १७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४, दफा ११. फ. मा ‘भाषा, सांस्कृति र ललितकलाको विकास र संरक्षण सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्यन, अनुगमन र नियमन’ गर्ने व्यस्था भए अनुसार,
बडामा किरात लिम्बू जाति र लिम्बू भाषाको बक्ताको बाहुल्यता र वडाभित्रका सम्पूर्ण सामूदायिक तथा निजी विद्यालयसमेत कक्षा १२ सम्म किरात लिपि र किरात लिम्बू भाषामा पठन पाठन भइरहेको तथा किरात मुन्धुम अध्यायन—अध्यापन गर्ने नेपालको एकमात्र धार्मिक मुन्धुम विद्यालय किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम रहेको र स्थानीय सरकारले भाषिका शिक्षकको दरबन्दी समेत व्यवस्था भएको,
किरात लिम्बू भाषा सरकारी कामकाजको भाषा प्रयोग गर्न जनताको तिब्र चाहनालाई सम्बोधन गर्न, माङसेबुङ गापा वडा नं ५ को आह्वानमा वि.सं. २०७५ कात्तिक १५ गते बसेको राजनीतिक दल, धार्मिक, सामाजिक संघ—संस्था, बुद्धिजिबी, प्राज्ञिक व्यक्तिहरु र स्थानीय नागरिकको बैठकबाट सर्वसम्मत निर्णय भए अनुसार, माङसेबुङ गाउँपालिका वडा नं ५ मा ‘जातीय बाहूल्यताको आधार’मा किरात लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा आजदेखि माङसेबुङ गाउँपालिका वडा नं ५ मा प्रयोग गर्ने घोषणा गर्दछु ।
वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको वोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फमहरुमा नेपाली भाषाका साथ किरात लिपिमा किरात लिम्बू भाषा प्रयोग गर्ने जानकारी गराउँदछौं । साथै, कामकाजी भाषा कार्यान्वयनका निम्ति अर्को व्यवस्था नभएसम्म स्थानीय पाँच जना भाषाका दक्ष स्वयम् सेवकहरुको सहयोगबाट कार्य संचालन गर्ने जानकारी गराउदछौं ।
वडा नं ५ मा कामकाजी भाषाको व्यवहारिक एवम् प्रभावकारी प्रयोगका निम्ति सबैको सहयोग आशा गर्दछौं ।
…………………
नरेन्द्रकुमार राई
बडाध्यक्ष