जन्मोत्सवमा उप प्रधानमन्त्री आउने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

जन्मोत्सवमा उप प्रधानमन्त्री आउने

  साइनो समचारदाता इलाम 

मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्त लिङदेनको ६५ औं शुभ जन्मोत्सव समारोह मंसिरर १८ गते हुने भएको छ । मंसिर १३ गते विहिबार माङसेबुङ गाउँपालिका इलाममा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । जन्मोत्सबमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले उद्घाटन गर्ने प्रचारप्रसार समितिका संयोजक सुमन लावतीले बताएका छन् ।

Federal Socialist Forum-Nepal Chairman Upendra Yadav addresses an interaction programme in Kathmandu on Wednesday, December 28, 2016. Photo: Reporters’ Club Nepal

१८ गते उद्घाटनको साथसाथै खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा,सहित सास्कृतिक कार्यक्रम हुने भएको छ । समितिले दर्शन तथा आर्शिवचन श्रवण गरी पुण्य प्राप्त गर्न धार्मिक तथा सांस्कृतिक समारोहबीच आयोजन ागर्ने भएकाले सहभागी हुन सबैले अपिल गरेको छ । जन्मोउत्सबको मंसिर १६ गते साक्मुरा वादेम्बा, १७ गते हाङसाम मजुत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द गोल्ड कपको फाइनल, १९ गते शाशीर्वचन तथा साँस्कृतिक कार्यक्रम, २० गते माङगेन्ना वितरण गर्ने कार्यक्रम गर्ने बताइएको छ । किरात धर्म गुरु आत्मानन्द लिङदेन माङसेबुङ २ साविक इभाङ ५ गते चुक्चिनाम्बा अगौटेबारीमा २०११ साल मंसिर १८ गते जन्मनुभएको हो ।

सम्बन्धित खवर