मंसिर १३ गते
साइनो समचारदाता
पथरी । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) १२ औं महाधिबेशनको तयारीमा जुटेको छ ।
मंसिर २२ गते भित्र मावि, सीटीईभीटी, क्याम्पसको अधिबेशन (सभा) गरिसक्नु पर्ने, मंसिर २५ गतेभित्र स्थानीय गाउँ अधिबेशन (सभा) गरिसक्नु पर्ने, पुस ८ गतेभित्र उपत्यकाका भित्रका क्याम्पस, विश्वविद्यालयको अधिबेशन गरिसक्नु पर्ने, पुस १४ गते भित्र ७७ वटै जिल्ला अधिबेशन गरिसक्नु पर्ने नेवि संघले कार्यतालिका सार्वजनिक गरेको छ । पुस २० गते भित्र प्रदेश अधिबेशन सकेर पुस २८, २९ र ३० गते १२ औं महाधिबेशन गर्ने नेवि संघले जनाएको छ ।
महाधिबेशन कार्यतालिका भित्र अधिबेशन गर्न नसक्ने जिल्ला समिति स्वत भंग हुने र महाधिबेशनमा भाग लिन नपाउने नेवि संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् ।