झापा फाइनलमा, आज भारत र नेपालबीच स्पर्धा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

झापा फाइनलमा, आज भारत र नेपालबीच स्पर्धा

मंसिर १३ गते
साइनो समचारदाता
इलाम । बुद्ध स्पोट्र्स क्लब चन्द्रगढी झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
बुधबार भएको अन्तिम सेमीफाइनलमा ३–२ को संघषपूर्ण जित निकाल्दै चन्द्रगढी झापा उपाधि नजिक पुगेका हो । जितका लागि झापाका संजय धिमाल, उमेश राई र रोशन थाम्सुहाङले गोल गरे । पहिलो हापमै तीन गोल गर्न सफल भए पछि स्पर्धीलाई स्तब्ध पारेको हो । झापाले दोश्रो हाफमा भने उत्कृष्ठ खेल प्रदर्शन गर्न सकेन । खेलको ६० औं मिनेटमा काठमाडौंका संजय रम्तेलले टिमका तर्फबाट पहिलो गोल गरे । ४ मिनेटपछि लगत्तै पुनः काठमाडौंका सन्तोष लिम्बूले ६४ औं मिनेटमा गोल गरी अग्रता घटाएका थिए । खेलको म्यान अफ दी म्याच विजेता चन्द्रगढी झापाका रोशन थाम्सुहाङ घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे ।
विहिबार भारत र पाँचथर भिड्दै
माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत बिहीबारको दोश्रो तथा अन्तिम सेमीफाइनलमा जलपाईगुडी एफसी भारत र सयपत्री सर्वाेत्तममुखी यासोक पाँचथर (नेपाल) बीच प्रतिष्पर्धा हुनेछ ।

सम्बन्धित खवर