मंसिर १३
साइनो समचारदाता
इलाम । डिफेन्डिङ च्याम्पियन यसपत्री सर्वाेत्तममुखी यासोक पाँचथरले स्पर्धी टिम खोक्ताप स्पोर्टिङ क्लब धनकुटालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार जितसँगै पाँचथर इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
जितका लागि पाँचथरका भुवन बस्नेत एक्लैले ४ गोल गरेका थिए भने सन्तोष न्यौपाने र मिलन राईले २÷२ गोलको योगदान गरेका थिए । खेलको म्यान अफ दी म्याच विजेता पाँचथरका भुवन बस्नेत घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे । यासोक पाँचथर यसअघिका नवौं र दशौं संस्करणका विजेता टिम हो ।