गोपाल काफ्ले
मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ आफ्नो वडामा भएका मुसहर बस्तिको निम्ति कमल बितरण गरेका छन । आफ्ना ब्यावसारी मित्रहरुको सहयोगमा तामाङले ४० थान कमल मुसहर बस्तीमा बितरण गरेका हुन ।
मगलबार एक कार्यक्रमका बिच सो कमल नगर प्रमुख दिलिप कुमार राईले बितरण गर्नु भएको थियो । यस अघिनै अध्यक्ष तामाङले वडा र नगरको सहकार्यमा सोलर बत्ती, शौर्य चुलो, शैक्षिक सामाग्री बितरण गरि सकेका छन । मुसहरको मुहारमा मुस्कान ल्याउछन वडाध्यक्षले जाडोको लागि मुसहरको निम्ति न्यानो अभियान सुरु गरेको र यसलाई आउदा दिनमा समेत सुचार गर्दै जाने बताउनु भयो । उहाले सो कार्यले घरमा भएका पुराना लुगा के गर्ने र काहा ब्यवस्थापन गर्ने भन्ने समस्या पनि समधानहुने भएकाले घर घर बाट पुराना लुगा संकलन गरेको सहयोगी कमल गोयालले बताए । तामाङको अभियानमा देखेर धरानका मनोज अग्रवाल नगद २० हजारको कमल प्रदान गरेका थिए भने धरानका ब्यावसायी तथा बिपासेन योग ध्यानका गुरू कमल गोयालले धरानका घर घरमा गएर पुराना तथा प्रयोग गर्न मिल्ने लुगा संकलन गरि सहयोग गरेका छन ।
जनताको हितमा काम गर्ने तामाङ पथरीशनिश्चरे नगरपालिका ६ बाट स्वतन्त्रमा जित्ने एक मात्र उमेदवार हुन ।
वडाध्यक्षले नगरमा नै गौरव गर्नुपर्ने काम गरेको भन्दै वडामा भएका यस्ता विपन्न परिवारलाई भुइमै सुत्नुपर्ने बाध्यता नहोस भनेर चाडैँ नै नगरका तर्फबाट खाटको व्यवस्थापन गरिने नगर प्रमुख राईले बताए । कार्यक्रममा सामाजिक विकास शाखा संयोजक तथा वडा नं. ७ का अध्यक्ष कपिलमणि ढकाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, समाजसेवी कृष्ण बस्नेत, काजीमान थापा लगाएत दर्जनौँको स्थानीयको उपस्थीति रहेको थियो । न्यानो कपडा पाएपछि उनिहरुले खुसी व्यक्त गर्दै तामाङलाई देउतै पाएको भन्दै धन्यवाद दिएका थिए ।