पथरीको जेसीज सप्ताह सम्पन्न - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरीको जेसीज सप्ताह सम्पन्न

गोपाल काफ्ले पथरी

 १८ बर्ष देखि ४० बर्षका उमेर सम्मका युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गरि समाज रुपान्तरणमा समाहित गराउने उद्देश्यले पथरी जेसिसले “हामि चम्किन्छौ जिम्मेवारिका साथ ” भन्ने मुल नाराका साथ जेसिस सप्ताह सम्पन्न गरेको छ ।
मङ्सिर ७ गते देखि शुरू भएको पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, मैत्री पुर्ण फुटबल प्रतियोगिता, वृक्षरोपण, स्लो रेस मोटरसाइकल, बिद्यार्थीलाई छात्रवृत्ति वितरण, गरिव तथा जेहेन्दार बिद्यार्थीलाई पोसाक बितरण, क्याम्पसमा डस्टबीन वितरण तथा मोटिभेसन कार्यक्रमका साथ विभिन्न कार्यक्रम सहित सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
बुधबार पथरी बहुमुखी क्याम्पसमा भएको समापन कार्यक्रममा जेसीज नेपालका राष्ट्रिय उपाध्यक्ष अशोक शंकरले मोटिभेसनल स्पीच प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जेसीजले पथरी बहुमुखी क्याम्पसलाई डस्टबीन वितरण गरेको थियो । उक्त डस्टबिन समाजसेवी पर्शुराम मिश्रले प्रायोजन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले जेसीेजबाट आम व्यक्तिहरुले धेरै कुरा सिक्नुपर्ने बताए । उहाले शासन व्यक्तिको नभै विधीको हुनुपर्ने जेसिजको मुल मन्त्रलाई सबैले आत्मासाथ गर्न जरुरी रहेको राईले बताउनु भयो ।
जेसिस सप्ताह मुल संयोजक दिपेस रिजालले सप्ताहव्यापि कार्यक्रममा साथ र सहयोग गर्ने सम्पुण जेसिस तथा सहयोगी ब्यात्ती र सस्था प्रति हार्दिक आभार प्रकट गनुै भयो । सप्ताह ब्यापी कार्यक्रमका सहभागीहरुलाई वर्ष २०१८ का पथरी जेसि अध्यक्ष टिकाबिक्रम चौहानले पुरस्कृत समेत गर्नु भएको थियो ।

सम्बन्धित खवर