मुसहर बस्ती न्यानो बनाउदै वडाध्यक्ष - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

मुसहर बस्ती न्यानो बनाउदै वडाध्यक्ष

गोपाल काफ्ले पथरी

मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ आफ्नो वडामा भएका मुसहर बस्तिको निम्ति कहिले सोलर बत्ती, कहिले शौर्य चुलो, कहिले शैक्षिक सामाग्री बितरण गर्दै मुसहरको मुहारमा मुस्कान ल्याउछन । तिनै वडाध्यक्ष तामाङ अहिले जाडोको लागि मुसहरको निम्ति न्यानो पार्न लुगा संकलन गर्न ब्यास्त छन । आफ्नो क्षेत्रबाट ५० किलोमिटर पर रहेको शहर धरानमा पुगि पुराना तर लगाउन मिल्ने लुगा फाटा संकलन गरि गाँउमा बितरण गर्न लागेका छन । धरानका ब्यावसायी तथा बिपासेन योग ध्यानका गुरू कमल गोयालको सहयोगमा धरानका घर घरमा गएर लुगा संकलन गर्दैछन । उनिहरुको यस्तो कार्य देखेर धरानका मनोज अग्रवाल नगद २० हजारको कमल समेत कपनि दिएका छन ।
मोरङको पथरीशनिश्चरे ६ का मुसर समुदायमा जाडोका लागि न्यानो कपडा संकलन अफै धोई पखाली बितरण गर्न लागेका हुन ।
घरमा भएका राम्रा तर प्रयोगमा नआएका लुगाहरु संकलन गर्दा गरिवका परिवारमा थोरै भए पनि मुस्कान ल्याउन सहयोग पुग्ने वडा अध्यक्ष जय बहादुर तामाङले बताए । पथरीशनिश्चरेको पुच्छरमा रहेको र पिछडिएको मुसहर समुदायलाई केही राहत महसुस गराउदै अन्य समुदाय सो सरह अगाडि ल्याउन लागि परिरहेका तामाङ पथरीशनिश्चरे नगरबाट स्वतन्त्रमा जित्ने एक मात्र उमेदवार हुन ।
सो कार्यले घरमा भएका पुराना लुगा के गर्ने र काहा ब्यवस्थापन गर्ने भन्ने समस्या पनि समधानहुने भएकाले घर घर बाट पुराना लुगा संकलन गरेको सहयोगी कमल गोयालले बताए ।

सम्बन्धित खवर