मंसिर ११
साइनो समचारदाता
इलाम । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको एसएस क्लब काठमाडौं सेमीफाइनल प्रवेश गरेको छ ।
खेलमा खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ४–१ गोलको अन्तरले एसएस सेमीफाइनलमा प्रवेश पाएको हो । खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङका खेलाडीले फाउल बनाएपछि पाएको फ्रिककको अवसरलाई काठमाडौंका सुकेन्द्र रम्तेलले सहजै जाली चुमाएका थिए । त्यसको ५ मिनेट पछि नै ताप्लेजुङले खेल बराबरीमा ल्यायो । ३० औं मिनेटमा ताप्लेजुङका सुरज धिमालले वान भर्सेज वानको पोजिसनमा सजहै गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा १–१ को बराबरी खेलेको ताप्लेजुङले दोश्रो हाफमा भने रक्षात्मक खेल्न समेत सकेन । दोश्रो हाफको नवौं मिनेटमा नै काठमाडौंका अरुण चेम्जोङले गोल गरी टिमलाई अग्रता दिलाए । विपक्षीलाई निरन्तर दवावमा राख्न सफल काठमाडौंले ५ मिनेट पनि बित्न नपाउँदै पुनः गोल गरी अग्रता तेब्बर बनाए । ताप्लेजुङका सन्तोष लिम्बूले १४ औ मिनेटमा पेनाल्टी एरियाबाट सहजै जाली चुमाएका थिए । त्यसको ४ मिनेट पछि काठमाडौंले आत्मघाती गोलको उपहार पाउँदै ४–१ को जित निश्चत गराएका थिए ।
खेलको म्यान अफ दी म्याच विजेता टिमका सुकेन्द्र रम्तेल घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे ।