११ मंसिर
साइनो समचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिका मोरङ, प्रदेश नम्बर १ क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमित मासिक वैठक सम्पन्न भएको छ । मंसिर महिना अन्तर्गतको वैठकले ‘शिक्षण सिकाई समय कार्यान्वयन कार्यविधि’ लाई विद्यालयहरुमा कार्यान्वयन गर्ने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद सिग्देलले जनाए । वैठकले विद्यालयका आईईएमईएस छुट तथ्यांक अद्यावधिक गर्ने, द्धन्दपीडित र सहिदका छोराछोरीका लागि छात्रबृत्ति, अपाङ्गता छात्रबृत्तिका लागि आवेदन माग गर्ने समेत निर्णय गरेको छ । द्वन्दपीडित र सहिदका लागि मंसिर !५ र अपाङ्गताका लागि पुस !५ गतेभित्रमा शिक्षा विकास समन्वय इकाई विराटनगरमा आवेदन दिइसक्नु पर्ने वैठकले जानकारी गराएको छ । विद्यालयहरुले गत आर्थिक वर्षको भौतिक योजना तथा अन्य कार्यक्रमहरुको फरफराक समयमै गर्ने लगायतका विभिन्न शैक्षिक क्रियाकलापका विषयमा छलफल गरिएको छ । स्रोत केन्द्र माविका रुपमा रहेको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो । नगरमा २७ वटा सामुदायिक र एउटा धार्मिक गरी सामुदायिक प्रकृतिका २८ विद्यालय रहेका छन् ।