माङ्सेबुङ/
आत्मानन्द गोल्ड कप ११औ संस्करण खेलकुद प्रतियोगिताको दोस्रो दिनको खेल जलपाइगुडी एफ सि भारत र संगम फुटबल क्लब बिच भएको छ। माङ्सेबुङ ५ को खेल मैदानमा मंसिर ८ गते बाट जारी आत्मानन्द गोल्ड कप ११ औ संस्करण खेलकुद प्रतियोगिताको दोस्रो दिनको खेलको मध्यान्तर सम्म दुबै तर्फ गोल रहित बराबरी भएको थियो।
जम्मा ७० मिनेटको खेलमा दोस्रो हाफको १० मिनेटको अन्तरमा जलपाइगुडी एफ सि भारतका खेलाडी जर्सी नम्बर ११ का अभि राइले १ गोल गरेका थिए । जलपागुडी एफ सि लयमा फर्के संगै दोस्रो हाफको२० मिनेट बित्दा पुनः जलपाइगुडी एफ सि भारतका खेलाडी अभि राइले दोस्रो गोल गर्न सफल भए।दुबै खेलको रौनक उत्तिकै रूपमा थिए पनि दोस्रो हाफको २५ मिनेटको अन्तरमा संगम फुटबल क्लबका खेलाडीले आफ्नै पोलमा आत्माघाती गोल गरेका थिए।दोस्रो हाफको ३० मिनेटमा पुन जलपाइगुडी एफ सि भारतका टिम क्याप्टेन जर्सी नम्बर १३ ले गोल गरे संगै ४-० को अन्तरको अग्रता सहित जलपागुडी एफ सि भारतले बिजयी सुरुवात गरेको छ।खेल रेफ्री भाग्य लिम्बुले खेलाएको थियो।