चीनको सान्या सहरमा जारी मिस वल्र्ड–२०१८ मा २२ वर्षीया शृखला खतिवडा अघिल्लो चरणमा पुगेकी छिन् । टप मोडेल विधा अन्तर्गत उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी छन । उनले बिहीबार साँझ फेसबुकमार्फत आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु। प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए ।’ उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु।’
यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छन । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। यो वर्षको मिस वल्र्डमा १ सय २० देशका सुन्दरीहरुले सहभागीता जनाएका छन्।